Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सागर खड्का र दिपा कोइरालाको तीज कोसेली "मालती मंगले " सार्वजनिक (हेर्नुहोस भिडियो )

   
411   पटक पढिएको

हरि कुँवर,अर्घाखाँची ।लोकगायक सागर खड्का ( संगम) ले धेरै पछि तीज कोसेली " मालती मंगले " बजारमा लिएर आएका छन। सागर खड्का र दिपा कोइराला को तीज गीत सनिवार सार्वजनिक भएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका -५ साविक को बाँगीमा जन्मिएका जिल्लाकै लोकप्रिय कलाकार मध्य एक सागर खड्का (संगम) हुन । पहिलो गीत तिम्रो यादमा दिन काट्दैछु सात समुन्द्र पारी संगमले रचना गरेको पहिलो गीत ले चर्चा पायो त्येस पछि क्रमश सगंमको सिर्जना चलिरयो संगमले गायको र आफैँ लए शब्द लेखेको गीत बुझ्नलाई गारो भो अरबीको कुरा यो गीतले निकै चर्चा बटुल्न सफल भएको थियो । सागर संगमलाई यो गीतले संगीत क्षेत्रमा थप चिनायो पनि ।

सागर खड्का (संगम) का तिम्रै यादमा दिन काट्दै छु, बुझ्नलाई गारो भो, बिगार्यो फेसबुक र भिडियो कलले, बिगे्रको छ बानी, मत मुग्लान आछु, हाय हाय मंगले, नाचौ गाँउ भेटभाको बेलैमा, यु एस बी जोडेर, दशै‌ तिहार आउदा गीतहरु चर्चामा रहेका छन ।

तीज कोसेली " मालती मंगले " गीत को म्युजिक भिडियोमा स्वर सागर खड्का र शान्ति श्री परिवार को रहेको छ । शब्द सागर खड्का ले भरेका छन । उक्त गीतको सम्पादन विजय पोखरेलले गरेका हुन।

आलप रेकर्डिङ स्टुडियो बाट रेकर्डिङ गरिएको हो । छायांकन माधव पौडेल ले गरेका छन भने DGSNepal युटुव च्यानल बाट सार्वजनिक गरेको गीत "मालती मंगले" मा रेशम बाबू ,स्वस्तिका बस्नेत ,बिन्दु क्षेत्री , समाज सेवि बल ब. कुँवर, महिला समाज सेवि अनमोल कुँवर, सागर खड्का ,दिपा कोइराला ,बालकलाकार रिजन मोदिका लाई देख्न सकिन्छ ।

भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया