Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

टिकटकमा युवाहरुलाई फलो गरेर पछि नजिक हुने र अमेरिकाको डिभी परेको छ भनेर प्रलोभन बाँड्दै ठगी गरेको आरोपमा दुई जना युवती पक्राउ

   
168   पटक पढिएको

काठमाण्डौ। टिकटक, फेसबुकलगायत सामाजिक सन्जालमा युवाहरुलाई फलो गरेर पछि नजिक हुने र अमेरिकाको डिभी परेको छ भनेर प्रलोभन बाँड्दै ठगी गरेको आरोपमा दुई जना युवती पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिशा केसीलाई पक्राउ गरेको हो। दुवै जना बाग्लुङको काठेगाउँपालिका-२ का हुन्। उनीहरु भक्तपुरको रोजभिलेज कोलोनीमा बस्दै आएका थिए। उनीहरुविरुद्ध ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

महाशाखाका अनुसार कोपिला र अमिशाले टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा युवाहरुलाई फलो गरी ‘आफू फ्यान’ भएको बन्दै साथी बन्न आग्रह गर्ने गरेका थिए।

त्यसपछि उनीहरुले आफूहरु डिभी होल्डर भएको तर लकडाउनका कारण नेपालमा अड्किएका बताउने गरेका थिए। नेपालमा रहेको डिपार्टमेन्ट स्टोर चलाउन पैसा चाहिएको र पैसा दिए पार्टनरसमेत बनाउने आश्वासन उनीहरुले दिने गरेको महाशाखाको भनाइ छ। केहीलाई भने आफूले विवाह गरी अमेरिका लैजानेसम्मको आश्वासन दिने गरेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिए।रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया