Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चर्चित गायिका शर्मिला गुरुङ गायक पुर्षोतम गैरे र खेम सेंचुरिको मौलिक तिज गित "माइतिको पिरलो" बजारमा सार्वजनिक (भिडियो सहित )

   
119   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
साउन १३ ,अर्घाखाँचीबुलेटिन - चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ र गायक पुर्शोतम गैरे र खेम सेंचुरिको मौलिक तिज गित "माइतिको पिरालो" बजारमा सार्वजनिक भएको छ।

गायक पुरुषोतम गैरेको लय शब्दमा रहेको यस तिज गीतमा बिनोद बजारुलिले एरेन्ज गर्नु भएको छ।

"माइतिको पिरालो" मौलिक तिज गीतमा एउटा चेली बाल्यकालमा आफ्ना दाजु भाइ, दिदिबहिनि र बाबाआमा संग बिताउछिन जब उमेर बढ्दै जान्छ नचाहेर पनि पराइ संग साइनो गासेर भक्कानिदै मुटुमा गाँठो पारेर जन्म घर छोड्नु पर्ने बाध्यता हुन्छ ,पराइ घर पुगेर पनि आफु जति सम्पन्न शालि भएता पनि माइतिको पीडाले कुन चाहिँ चेलीलाई सताउदैन होला र जस्ता मनै छुने शब्दहरु निर्देशक,सम्पादक बिष्णु भट्टराईले कथा तयार पारेका हुन्।

गीतमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १० धरमपानीका चर्चित मोडल सन्तोष शर्मा ,कल्पना पाण्डे ,हरि/ मंजु सुवेदी,एन्जल अविरल भट्टराई किरण पन्थ ,सरिता ज्ञावलीको उत्कृष्ट अभिनय रहेको देख्न सकिन्छ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया