Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ

   
247   पटक पढिएको

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ ।

जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई एक बैंकको शाखा कार्यालयबाट पक्राउ गरिएको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।श्रोत - हाम्रो पात्रो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया