Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बुटवल-पाल्पा सडक एकतर्फी रुपमा सुचारु

   
129   पटक पढिएको

बुटवल।अविरल वर्षासँगै अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्स नजिकै पहिरो जाँदा सडक हिजोदेखि नै अवरुद्ध भएको थियो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमा खसेको पहिरो हटाएपछि एकतर्फी रुपमा सवारीसाधन आवतजावत गरेका छन्।

सो स्थानमा ठूला ढुंगासहितको पहिरो खसेको थियो। प्रदेश ५ का पहाडी तथा तराई क्षेत्रका केही जिल्लामा विषण वर्षापछि धेरै ग्रामीण सडक अवरुद्ध भएका थिए। बुटवल पाल्पा खण्ड सिद्धबाबा क्षेत्रमा बारम्बार अवरुद्ध हुँदै आएको छ। प्रहरीले सो क्षेत्रमा यात्रा गर्दा सजगता अपनाउन र अत्यावश्यक भएमात्रै यात्रा गर्न नागरिकलाई आग्रह गरेको छ।source -annpurna post

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया