Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आउँदो शनिवार ईद उल अजहा (बकर ईद) पर्व मनाइने

   
282   पटक पढिएको

हलिम खान,अर्घाखाँची। मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ।

हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण मठ मन्दिर मन्दिर, मस्जिद, चर्चहरुमा भेला हुन नेपाल सरकारले मनाही गरेका छन्।

लकडाउन का कारण मुस्लिम समुदाय ईद उल फित्रको दिन आ-आफ्नो तरिकाले घरमैं नमाज पढेंका थिए ।ईद उल अजहा (बकरईद) को नमाजलाई लिएर मुस्लिम आयोगको अगुवाईमा मुस्लिम धर्मगुरु, मुस्लिम अगुवा, समाजसेवी लगायत बिभिन्न पार्टीका मुस्लिम अगुवा एवं बुध्दिजीवीहरु भोली बिहीबार आयोगको कार्यालयमा बैठक बस्ने खबर प्राप्त भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया