Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अब प्रत्येक सिम कार्ड किन्दा र रिचार्ज गर्दा २ प्रतिशत कर सरकारलाई तिर्नुपर्ने

   
168   पटक पढिएको

काठमाडौं, १४ साउन । सरकारले ल्याएको नयाँ निति अनुसार सिम किन्दा र रिचार्ज हाल्दा सबै प्रकारका प्रयोगकर्ताले २ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।

यसअघि सरकारले प्रिपेड सिममा मात्र लिँदै आएको थियो । तर अब आगामी नयाँ अर्थिक वर्ष साउन १ गतेबाट लागूहुनेगरी पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्नेछ ।

अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिम कार्डमा पनि २ प्रतिशत कर बढाइने घोषणा गर्नुभएको थियो । त्यसका साथै अब सिम किन्दा पनि मूल्य वापतको २ प्रतिशत रकम खरिदकर्ताले तिर्नुपर्नेछ ।

अर्थमन्त्री खडिवडाले जेठ १५ गते संसद्मा आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने उल्लेख गर्नुभएको थियो । हाल नेपाल टेलिकमले ग्राहकहरुरलाई एसएमएस मार्फत यसको जनाकारी गराईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया