Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज रुपन्देहीको पहलमा पिडित मिन बहादुर मुखियालाई ८० हजार आर्थिक सहयोग

   
166   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
साउन १४ ,अर्घाखाँचीबुलेटिन - छत्रदेव गाउँपालिका वडा नं. ६ निवासी मिन बहादुर मुखिया को केहि समय अगाडि विभिन्न प्राकृतिक तथा अन्य घटनामा परी लाखौं धनराशी बराबरका पशु, गोठ तथा मोटरसाईकलको क्षति भएको भन्दै अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज रुपन्देही को पहलमा र राहत संकलन समितिका संयोजक गोविन्द प्रसाद बन्जाडेको सकृयतामा संकलित असि हजार रकमको चेक एक कार्यक्रमका बिच पिडित मिन बहादुर मुखियालाई उपलब्ध गराईएको छ ।

छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल र वडा नं. ६ का वडा अध्यक्ष कमल पौडेलको बिशेष उपस्थितिमा संस्थाको सम्पर्क कार्यालय बुटवलमा चेक हस्तान्तरण गरिएको वार्ड अध्यक्ष कमल पौडेलले जानकारि दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया