Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सरकारले परेवाभिर को सडक नबनाए जन्ताको माग अनुसार ब्यक्तिगत लगानिमा सडक निर्माण गर्ने काङ्ग्रेस नेता बानियाँको घोषणा स्थानिय खुसिले गदगद

   
154   पटक पढिएको

सुर्य भुसाल ,साउन १५। वागमती प्रदेश काङ्ग्रेस संसदीय दलका नेता एवं मकवानपुर काङ्ग्रेस सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने परेवाभीरमा सरकारले नबनाए व्यक्तिगत लगानीमा सडक बनाउने बताएका छन्, ।

नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि भएपनि परेवाभिरबाट सडक बनाउनु पर्ने आवश्यकता रहेको बताए । आफु सोही क्षेत्रको निर्वाचित साम्सद भएको हिसाबले प्रदेश र संघीय सरकारले सडक निर्माण नगरेको खण्डमा आफ्नै लगानीमा सडक निर्माण गरिने बताए ।

प्रदेश सभामा समेत चर्चाको विषय बनेको परेवाभीरको बाटोको विषयमा केहि दिन अघि मुख्यमन्त्री डोरमणि पौडेलले परेवाभीरमा बाटो बन्न नसक्ने र अन्य बैकल्पिक सडक बनाउनुपर्ने बताएपछि उक्त विषयले झन चर्चा पाएको थियो ।

नेता बानियाँले राक्सिराङका जनताको माग अनुसार नै परेवाभिर आफ्नो ‘अर्जुन दृष्टि’ बनेकोले संघीय र प्रदेश सरकारबाट सडक नबने व्यक्तिगत खर्चमा आफुले बनाउने प्रतिवद्धता जनाएका छन्, ।

उनले त्यहाँका जनता गाँजाको भरिया बनेको भरमा जेल जानुपर्ने अवस्था आएको बताउँदै जनतालाई अवैध गाँजा खेतिको विकल्पमा अन्य खेती प्रणालीमा जोड्न सडक सञ्जाल आवश्यकता रहेको बताए ।

नेता बानियाँले परेवाभिरको सडकको अन्य विकल्प नरहेको बताउदैं गाउँपालिकाले तयार पारेको डिपिआरमा गाउँपालिकाको बजेटमा प्रदेश सरकारले थप बजेट विनियोजन गर्न प्रदेश सरकारलाई भन्ने र प्रदेश सरकारले थप बजेट नदिएमा आफ्नो निजी लगानीमा सडक बनाउने बानियाँले दाबि गरेका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया