Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपालसहित ७ राष्ट्रका नागरिकलाई कुवेत प्रवेशमा रोक, बिदामा नेपाल फर्केकाहरु थप मर्कामा

   
189   पटक पढिएको

कुवेत। कुवेत सरकारले नेपालसहित ७ राष्ट्रका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेतले नेपाल, फिलिपिन्स, इरान, भारत, श्रीलंका, बाङ्लादेश र पाकिस्तान गरि सात देशहरुलाइ कुवेत प्रवेशमा रोक लगाएको हो।

कुवेतले पछिल्लो समय नेपालसहित २० राष्ट्रहरुका कामदारहरुलाइ कुवेत फिर्तीमा अनुमती दिएको खबर विभिन्न मिडियाहरुमार्फत छापिए पनि गत बिहिबारको कुवेत सरकारको मन्त्रीपरिषद बैठकले ती २० राष्ट्रहरु मध्येबाट ७ मुलुकलाइ पुन: कुवेत फिर्तिमा निषेध गरेको छ। कुवेत सरकारले अनुमति नदिएसम्म नेपालसहित सात राष्ट्रका कामदारले कुवेत जान पाउने छैनन् ।

बिहिबार सम्पन्न कुवेत सरकारको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो। तर यो अवधी केही समयको लागि मात्र भनिएता पनि कहिलेसम्म भन्ने बारे खुलाइएको छैन।

कुवेत सरकारको यो निर्णयले कुवेतबाट बिदामा नेपाल आएका र फर्किन चहाने धेरै श्रमिकहरुलाइ प्रत्यक्ष असर परेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया