Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृ'त्यु

   
88   पटक पढिएको

एजेनी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

उनले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए । गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए ।

कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी बिहीबार उनको वेवसाइटमा दिइएको छ ।

ओख्लाहोमास्थित तुल्सामा ट्रम्पको -यालीमा सहभागी भएर फर्किएको ९ दिनपछि २९ जुनमा केनलाई कोभीड–१९ भएको पुष्टि भएको थियो । यस -यालीमा सहभागी अन्य धेरै व्यक्तिले पनि मास्क लगाएका थिएनन् । जुलाई महिना अधिकांश समय केनले एटलान्टा क्षेत्रको अस्पतालमा बिताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया