Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपालमा पछिल्लो २४ घण्टामा २ सय २४ संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुग्यो

   
76   पटक पढिएको

काठमाण्डौ। मुलुकमा थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय २४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

यो पनि पढ्नुहोस

बितेको २४ घन्टा भित्र देशभर कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र एक जना महिला छन् ।

मृतक मध्ये ३ पुरुषको विरगञ्जमा उपचारको क्रममा हिजो राति मृत्यु भएको हो । महिलाको आज पाटन अस्पतालमा मृत्यु भएको हो ।

पाटन अस्पतालमा आज कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । ६५ वर्षिया ललितपुरकी महिलाको शुक्रबार बिहान पाटन अस्पतालमा निधन भएको अस्पतालले जनाएको हो ।

स्टार अस्पतालबाट कोरोना पोजेटिभ देखिएपछि साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । हिजो राति विरगञ्जमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ५६ वर्षका मुटुका रोगी जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत, नगवालका ३५ वर्षिय पुरुष र छपकैयाका ६५ वर्षिय पुरुष रहेका थिए । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ५६ पुगेको छ । श्रोत - रिपोर्टर क्लब 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया