Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुकुम्वासी चेपाङ बस्तिमा आगजनी “समाजवाद उन्मुख कार्यक्रम अन्तर्गत पर्छ कि पर्दैन?”

   
180   पटक पढिएको

बुटवल श्रावण १६। प्रदेश ५ को छैंटौ अधिबेशनको तेईसौं बैठकको बिशेष समयमा बोल्दै राष्ट्रिय जनमोर्चा कि प्रदेश सांसद तारा जिसीले चितवन माडीकोसुकुम्वासी चेपाङ बस्तिमा जवर्जस्ती सरकारले हात्ती र सेना लगाएर आगजनी गरी हटाउनु आपत्तीजनक र निन्दनीय कार्य बताउनुभयो।

बर्षा याममा बैकल्पीक ब्यवस्था नगरी अमानविय प्रकारले हटाउने कार्य अत्यन्त खेदजनक भएको बताउँदै विचल्लीमा परेका परिवारको उद्दार तथा पूर्नवासको समूचीत ब्यवस्था गर्न सम्बन्धित निकाय सित माग गर्नुभयो।साथै संघ देखि स्थानीयतह सम्म नेकपा को वलियो सरकार रहेको अवस्थामा पनि सुकुम्वासी चेपांङहरुले यस्तो अवस्था बेहोर्नु परेको यो कार्य “समाजवाद उन्मुख कार्यक्रम अन्तर्गत पर्छ कि पर्दैन?”स्पष्टताको माग गर्नुभयो।

पूर्व डिआजी रंजन कोईराला लाई सर्बोच्चले उन्मुक्ति दिएको प्रशंग उठाउदै सर्बस्व हरण सहित जन्म कैदको सजाय भोगि रहेको अपराधीलाई न्यायको मुल्य,मान्यता र नजिर बिरुद्द सर्वोच्चको उन्मुक्ति दिने फैसलाले देसको न्याय प्रणालीको एैना विश्व सामु बदनाम भएको बताउनुभयो।यो घटना कुनै आवेशमा भएको वा अप्रत्यासित थिएन न यस्तो बर्बर हत्यारा बाट वालबच्चाको संरक्षण हुन सक्छ भन्ने तर्क सहि हुन सक्छ। यस्ले न्यायपालीकाको स्वस्थ,स्वच्छ र न्यायीक छवि धुमिल मात्र भएकोछैन,न्यायपालीका प्रती जनताको विश्वाश र भरोशा पनि समाप्त हुदै गएको छ।

वर्तमान प्रधान न्यायधिस महोदयको तल्ला अदालतमा हुंदा देखि नै राम्रो छवि थिएन,उनलाई सर्बोच्चमा नियुक्त हुने प्रक्रियाको सार्वजनिक सुनवाईमा राजमो अध्यक्ष केसी जी ले मात्र अयोग्य भनी विरोध गर्नुभएको बाँकी सबै ठूला पार्टी भन्ने हरुले भागवण्डा गरी मिलाएर ल्याएको प्रसंग कोट्याउदै जसको दूस्परिणाम सम्पूर्ण न्याय प्रणाली र देशले बेहोर्नु परेको बताउनुभयो।

यो फैसलाको प्रकृति र प्रवृती दोषिलाई उन्मुक्ति दिने र न्यायको हत्या गर्ने भएकोले प्रधान न्यायधीसलाई महाअभियोग लगाएर हटाउन माग गर्नुभयो।
अपराधीलाई नेपाल सरकारको संयन्त्रले कठघेरामा ल्याउने कुरा दूर्लभ जस्तो भैसकेको भन्दै आनै श्रीमतीको शरिरलाई टुक्रा टुक्रा पारेर जंगलमा जलाई रहेको अबस्थामा स्थानीयहरुले समातेर प्रहरी कहाँ बुझाएको यो बर्बर घटना बारे सर्बत्र आवाज उठ्नु स्वागत योग्य भन्दै कुम्भकर्णी नीद बाट उठ्न सरकारलाई अनुरोध गर्नुभयो।

सामाजिक सुरक्षा भत्ता कम गर्ने सरकारको निर्णयको चौतर्फी विरोध पछि फिर्ता लिए पनि एकल महिलालाई ६० बर्ष पुगे पछि मात्र भत्ता लागु गर्ने योजना तल सम्म गएको बुझिएकोछ।असाय एकल महिलाहरुलाई थोरै भएपनि राहत र सम्मानको अनुभूति गराउन राज्यले उनीहरुको उपेक्षा गर्न नमिल्ने भन्दै उनीहरुलाई एकल भएकै मिति बाट सामाजिक सुरक्षा भत्ताको ब्यवस्थालाई निरन्तरता दिन माग गर्नुभयो।

सरकारी अस्पत्तालहरुमा कार्यरत डाक्टरहरुले निजी क्लिनिक र फर्महरुमा काम गर्न नपाउने सरकारको नीति अनुसार कार्यन्वयन नभएको भन्दै त्यसको अनुगमन र रेखदेख कस्ले गर्ने हो?स्पष्ट गर्न माग गर्नुभयो। सुन्य तथा विशेष समयमा सत्ता पक्ष तथा प्रतिपक्षका दर्जनौ माननीयहरुले समसामयीक बिषयमा बोल्नुभएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया