Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेनाज फाउन्डेसन नेपाल संस्था द्वारा विद्यार्थी लाई सहयोग हस्तान्तरण

   
84   पटक पढिएको

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची को मालारानी गाउँपालिका वार्ड न. ५ साविक बाँगीका गरिब परिवारका विद्यार्थी लाई नेनाज फाउन्डेसन नेपाल संस्था ले सहयोग हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले मालारानी गाउँपालिकामा विद्यार्थी लाई छात्रवृत्ति आर्थिकसहित किताब, कापी, कलम, झोला उपलब्ध गराउँदै आएको छ । सन् २०१५ मा स्थापित फाउन्डेसनले समाजिक कार्य गर्दै शिक्षाबीच गठिलो सम्बन्ध कायम राख्दै आएको छ ।

गरिब परिवारमा जन्मेका विद्यार्थीहरु को शैक्षिक शुल्क बुझाउन नसक्दा अध्ययन नरोकियोस् भनेर सात जना विद्यार्थी लाई नगद दस हजार का दरले सत्तरी हजार हस्तान्तरण गरेको हो । विद्यार्थी अर्जुन कुवर , बिकास भुसाल, रोमा भुसाल ,बिश्व थापा ,अरुण बि क ,सुसाङक थापा र कमला वि क विद्यार्थी लाई नगद दस हजारका दर ले कापी कलम झोला हस्तान्तरण गरेको छ । गरिब को कारण शिक्षा बाट बन्चित नहोस् त्यसैले शिक्षाका लागि सहकार्य गर्दै आएको नेनाज फाउन्डेसन संस्थापक नारायण पन्थीले बताएका छन ।

मालारानी गाउँपालिका पाँच का वडा अध्यक्ष शोभाखर भुसाल लगायत माननीय व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया