Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क ४ द्वारा आ.व ०७६ /०७७ मा बिकास निर्माणका कार्यहरुको सार्वजनिक भेला तथा छलफल अन्तर्क्रिया कार्यक्रम सम्पन्न

   
84   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
साउन १७ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ ले आर्थिक बर्ष २०७६/२०७७ मा गरेका बिकास निर्माणका कामहरु साथै आगामि दिनमा गर्नु पर्ने काम का बारेमा सार्वजनिक भेला तथा छलफल अन्तर्क्रिया कार्यक्रम सन्धिखर्क ४ वाङला हटिया बजारमा सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर सर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल नगरउपप्रमुख ठाकुर कुमार बिक राजनीति दलका नेताहरु नेपाली काङ्ग्रेस का नगरसभापति बिनोद आचर्य नेकपाका नगर सचिब शिब अधिकारी लगाएतका राजनीति दलका नेताहरु स्थानिय बुद्धिजीवी भद्रभलादमि शिक्षा प्रेमि वार्ड भित्र रहेका बिभिन्न उपभोक्ता समिति का अध्यक्ष पदाधिकारी हरु स्थानिय बासिहरु को सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

आज भएको कार्यक्रममा बार्षिक प्रगति का बारेमा वार्ड अध्यक्ष कृस्न प्रसाद श्रेष्ठले वार्ड भित्र का बिकास निर्माण का बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको नगरसभा सदस्य युवा नेता उमेस सर्माले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया