Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीकाे सन्धिखर्कमा जुवा खालमा प्रहरीकाे छापा : ५ जना पक्राउ

   
2586   पटक पढिएको

बसन्त श्रेष्ठ ,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका छन । उनीहरू जुवा खेलिरहेकाे अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना भेटिएका थिए।

जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शाेभाखर) फरार रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।

प्रहरीले जुवा खेलिरहेकाे अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी र कृष्ण भुसाल लगायतकालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी र कृष्ण भुसाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

वडाध्यक्ष नारायण खड्का जुवा खेलिरहेको अवस्थामा भेटिएको र प्रहरीले केहीबेरभित्र बाहिर लगेर सोधपुछ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा फरार रहेको प्रहरीको भनाई छ । आफ्नै गाडीमा आउने भनी वडाध्यक्ष खड्काले भनेपनि नआएको पछि हाल फरार रहेको श्रोतको भनाई छ । उनीहरुको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।

एक श्रोतका अनुसार प्रहरीले वडाध्यक्ष खड्कालाई मिलोमतोमा छाडेको र अन्यलाई भने नियन्त्रणमा लिएको बताइएको छ । उनीसँगै रहेको नगद पनि कसैलाई राख्न दिएको तर अरुसँग भएको नगद भने जफत गरिएको श्रोतको भनाई छ । हिरासतमा रहेकाहरुले आफुहरुलाई अन्याय भएको बताएका छन । सँगै एउटै खालमा बसेकाहरुलाई प्रहरीले छोडिदिने र हामीलाई भने हिराशतमा राख्ने काम भयो, उनीहरुले भने ।

पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया