Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आजीवन कारावासको सजाय भोगिरहेका कोरोना संक्रमित व्यक्ति एम्बुलेन्सबाट फरार

   
289   पटक पढिएको

रिम्बीक। लोधोमा-२ ग्राम पंचायत अन्तर्गत छोटा हट्टा निवासी एक व्यक्तिमा कोरोना संक्रमण भएको थाह लागे पछि एम्बुलेन्सबाट सिलिगुडी लगिरहेको समय जोरबङ्गला ३ माईलबाट फरार भएका छन्।

एम्बुलेन्सको चालकलाई दिशा गर्न जाने अनुरोध गरे पछि त्यस स्थानबाट उनि फरार भएको खबर प्राप्त भएको छ।

स्मरण रहोस् उक्त व्यक्तिले आफ्नो स्वास्नीको हत्याको आरोपमा आजीवन कारावासको सजाय भोगिरहेका थिए भने केही दिन अघि मात्रै एक महिनाको प्यारोलमा छुटेर घर आएका थिए।

यदि कसैले उक्त व्यक्तिलाई देखे आफ्नो नजिकैको प्रहरी चौकीमा खबर गरिदिने अनुरोध गरिएको छ।
स्रोत:रिम्बिक लोधोमा समष्टि।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया