Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

औलाउने हातको घुइचो : ज्ञानमन्जरी पौडेल

   
212   पटक पढिएको

ज्ञानमन्जरी पौडेल

आश्चर्य किन लागोस् यो दुनिया उल्टो छ ।
गल्ती केवल अरूको, आफूले जे गरे नि सुल्टो छ ॥
शय्यौ राम्रा गुण होलान, एउटा गल्तीले पुग्दछ ।

गल्ती झल - झल सम्झनामा , ती गुण सबै लुक्दछ ॥
झुक्केर नि नबगाउ आशुं , जहाँ तिम्रो कथा बिक्दछ ।
सोचेउ ! बुझ्यो कसैले समस्या , जो आफैमा दिक्क छ ? ॥

नियालेर हेर आफूलाई, तिमी भित्र चित्र प्रष्ट छ ।
सारथी तिम्रो आत्मबल, तिमीलाई केही भन्दै छ ॥
हिजो पनि लडेकै हो, उठाउन तिमीलाई को नै थियो ।

आज लडेर के भो त, हौसला जुटाउने तिमीले नै हो ॥
औलाएका हातलाई सम्झ , ताली बजाउने तिनैले हो ।
सकारात्मक उर्जा लिएर हिड, जीवनचित्र बदल्ने आफैले हो ॥

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया