Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

‌कृष्ण जन्मोत्सव विशेष (धर्मशास्त्र - बिज्ञान)

   
385   पटक पढिएको

बिराज घिमिरे , साउन २८। समाजमा हामिले मानिसको दुई प्रकारको वर्ग पाउँछौं; एक जसले भगवानमा विश्वास राख्छ र पुजापाठमा निकै खुलेर लाग्छ र अर्को जो विज्ञान तर्फ जान्छ र यो सब झुटो हो, एउटा काल्पनिक कुरा हो यसको पछि लाग्नु ब्यर्थ छ भन्छ। खास सत्य के हो, त्यो कसैले जानेको छैन तर पनि मानिस आफ्नो विश्वासलाई नै सत्य मान्छ। विज्ञानले जति ठोस सबुत धर्मशास्त्रले दिन सक्दैन यो सत्य हो, तरपनी हामीले धर्मशास्त्रमा भएका राम्रा कुराहरु त लिन सक्छौं।

आज समाजमा अन्धविश्वासले धेरै जरा गाडेको छ जुन न त धर्मशास्त्रले मान्छ न त विज्ञानले नै। तरपनी मानिस अन्धविश्वासलाई बढवा दिन तल्लिन छ, उदाहरण स्वरुप जातिय छुवाछूतको कुरा लिन सकिन्छ। भागवत गीतामा भनिएको छ: "मानिसहरु दुइप्रकारका मात्र छन - देवता र असुर। जसको हृदयमा दैवी सम्पत्तिले काम गर्छ त्यो देवता हो र जसको हृदयमा आसुरी सम्पत्तिले काम गर्छ त्यो असुर हो।तेस्रो अरु कुनै जात सृष्टिमा छैन।" धर्मशास्त्रमा तल्लिन मानिस भागवत गिताको यो श्लोक मान्न तयार छैन।

यसर्थमा लिन सकिन्छ कि: समाजले त गीता र वेद भन्दा माथी आफ्नो अन्धविश्वासलाई राखेको छ। तपाइँ भगवानको अस्तित्वलाई मान्नुहोस या नमान्नुहोस तर हामीले बुझ्नुपर्ने कुरा यो अनन्त ब्रह्माण्ड यसरी चलिरहेको छ भने त्यसको पछि केही न केही शक्ति त जरुर होला। यसको बारेमा पनि हामीले बुझ्नु जरुरी छ।

महाभारतको युद्ध भयो भएन, रामायण, कृष्णकथा हरुमा लेखिएका घटनाहरु भए भएनन् त्यो ठोस प्रमाण कसैसँग छैन तर यी कथाहरुले सिकाएका कुराहरू लिएर मानिस अघि बढ्न तयार छ भने मानिस मानिसमा द्वन्द हुने, हिंसात्मक घटना घट्ने, समाजमा अन्धविश्वास र विकृतिले जरा गाड्ने, लगायत अन्य थुप्रै नकारात्मक कुराहरुले जरै देखि मुक्ती पाउँछन। आखिर यहि त हो जिवनको सत्मार्ग।त्यसैले आफ्नो विश्वास त रोझौँ तर सत्य कहिल्यै नबिर्सौँ र अध्ययनसील बनौँ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया