Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चाप्रति युवाहरुको लहर,दाङमा विभिन्न पार्टी परित्याग गरी दर्जनौंले गरे प्रवेश

   
198   पटक पढिएको

दाङ। दाङको लमही नगरपालिका अन्तरगतका दुई दर्जन बढि युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न ।

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ लमही नगर समितिले बुधबार आयोजना गरेको कार्यक्रमका अबसरमा उनिहरुलाई पार्टी प्रबेश गराईएको हो ।लमही नगर अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजमा रहेको अन्याय, असमानता, भ्रष्टाचार र बेथितिका विरुद्ध युबाहरु सचेतता पुर्बक लाग्नु पर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चा जस्तो क्रान्तिकारी र निश्कलङ्क छवि भएको राजनीतिक पार्टीमा सम्पुर्ण युबाहरु संगठित हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सल्लाहकार नारायण योगि, राष्ट्रिय जनमोर्चा जिल्ला सचीव वसन्त राज पौडेल , अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोर बहादुर केसी लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।

अखिल नेपाल युवक संघले अायोजना गरेको उक्त कार्यक्रममा नितेश पौडेलको नेतृत्वमा २७ जना युवाहरु पार्टी प्रबेश गरेका हुन् । प्रवेश गर्ने हरुमा सन्देश नेपाली , सन्दिप बुढा मगर, बिमल चौधरी , सुमित चौधरी , सरोज नेपाली , मिलन थापा, सन्तोष थापा मगर, प्रकाश राना, सन्देश डिसि, दीपेन्द्र योगि, दिपेन्द्र रेउले, अभिषेक भडेल, करन लामा, किस्मत बोहोरा , निरोज चौधरी , अनुप बस्नेत, मदन चौधरी , प्रदिप नेपाली , प्रेदेसी चौधरी , बम बहादुर राना मगर, लिला पुन मगर, धन बहादुर जि एम, टोपेन्द्र बुढा, जयन्द्र बिस्ट, अबिक नेपाली लगायत रहेका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया