Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दिल्लीमा पाँच ट्राभल्स को एकीकृत

   
532   पटक पढिएको

दिल्ली (भारत) संवाददाता।बिगत लामो समय देखि भारत नेपाल र नेपाल भारतका लागि यातायात को सुविधा दिदै आएका पाँच ट्राभल्सहरु सुपा देउराली,श्रद्वा, शुभ सहयात्रा, स्वर्गद्वारी लालिगुराँस र नमस्ते कपिलवस्तु को संयुक्तरूपमा एउटै ट्रावल्स को एकीकृत भएको छ ।

लकडाउनको कारण सेप्टेम्बर 31 को दिन सानो जमघट मा औपचारिक रुपमा ट्राभल्स को उदघाटन गरिएको छ ।बिगतका दिनहरुमा भएका कमिकमजोरी लाई सुधार ल्याउदै नयाँ ब्यबस्थापन सहित को यो एकता लाई कायम राख्ने र लकडाउन पछि पुर्णरुपमा नेपाल भारत बस सेवा संचालनमा ल्याइने कुरा जीवन रसाइली ले बताएका छन ।

भारत प्रवासमा रहेका नेपालीहरु लाइ कोभिड-१९ को प्रभाव यानी लकडाउनमा भाडामा वृद्धि भएपछि कयौं नेपालीहरु लाई सकस परिरहेको थियो जुन प्रभाव अहिलेसम्म झेल्नुपरेको छ यसैलाई मध्यनजर राख्दै यो एकीकृत ट्राभल्स ले दिल्लि एन सि आर बाट नेपालका सिमाना सम्म अहिले भाडादर भारु रु.१७००/- तय गरेको जानकारी गराएको छ ।

बाँकी जानकारी को लागि संबंधित कार्यालय लाजपात नगर, सरोजनी नगर र गुड्गाव खाँड्सा मन्डी मा सम्पर्क गर्न समिती ले अनुरोध गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया