Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रसेल र सन्दीप को उत्कृष्ट प्रदर्शन बाबजुत हार्यो जमैका तालावस

   
202   पटक पढिएको

एजेन्सी - ब्रायन लारा स्टेडियम सम्पन्न क्यारिबियन प्रीमियर लिग को २८औं खेलमा बार्बाडोस ले जमैका माथि ७ विकेट को जीत हासिल गरेको छ।

टस जितेर ब्याटिङ रोजेको जमैका तालावस निर्धारित २० ओभर को समाप्ति मा ४ विकेट गुमाउँदै १६१ रन जोडेको थियो। टोली का लागि ओपनिङ ब्याट्सम्यान ब्ल्याकवुड ले आफ्नो पहिलो अर्धसतक बनाउँदै ५९ बलमा ७५ रन जोडे। अर्को ओपनर फिलिप्स ले १७ र आशिफ अली ले भने ५ रन जोडे ।

आफ्नो फर्म लाई निरन्तर दिँदै रसेल ले तुफानी पारी खेल्दा टोलीले १६२ रन को लक्ष प्रस्तुत गरेको थियो । उनले २८ बलमा ५४ रन को पारी खेल्दा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

बार्बाडोस बाट राशिद खान ले आफ्न आफ्नो अन्तिम ओभरमा रसेल लाई सिकार गराउँदै १ विकेट हात पारे। उनले ४ ओभर मा ३२ रन खर्चिएर १ विकेट हात पारे । उनी सँगै होल्डर , विशप, वालश ले नी १ -१ विकेट हात पारे।

१६२ रन को लक्ष्य पछ्याएको बार्बाडोसले आफ्नो पहिलो ओभर मै चार्ल्स लाई ० रन मै गुमायो। उनलाई थोमस लाई आफ्नो सिकार बनाए। निकै लयमा देखिएका होल्डर ४२ बलमा ६९ रन को पारी खेल्दै नेपाली सुपरस्टार सन्दीप को सिकार बने। उनी मैदान बाहिरिँदा टोली लाई ४७ बलमा ५८ रन चाइएको थियो। यसपछि सन्त्नेर र कार्टर ले ५० रन को साझेदारी गर्दा टोली ले १८.२ ओभर मै खेल आफ्नो हात मा पर्यो।

सन्दीप ले आफ्नो ४ ओभर को स्पेल मा २६ रन खर्चिएर १ विकेट हात पार्दा मूजिब भने आफ्नो ४ ओभर मा ३२ रन खर्चिएर विकेट विहिन रहे।श्रोत - dhindocricket.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया