Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

हामीले कार्यक्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई गरेको ज्यादतीका बिषयमा बारम्बार रिपोर्टीङ गरीरहेका छौं । गत साता कंलकी चोकमा रङ लेनबाट मोटरसाइकल चलाएको भन्दै निर्घात कुटपिट गरेको दृश्य देखाएका थियौं । फेरी ट्राफिक प्रहरीकै अर्काे घटना ।सुर्खेतमा त सर्वसाधारणलाई दुख दिएर ट्राफिक प्रहरी आफै तास खेल्दा रहेछन् । अति नै भएपछि शुक्रवार हाम्रा दर्शक विनोद सिंह विष्ट मोवाईलको क्यामेरा अन गरेर सुर्खेतको विरेन्द्रनगरमा रहेको ट्राफिक प्रहरी कार्यालयमा पुगे ।

2 years ago

आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।

2 years ago

भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एक परिवारको पाँच सदस्यको मृत्यु भएको छ ।

2 years ago

देशमा रोजगार छैन। त्यसैले धेरै विदेश हान्निएका छन्। उताबाट रेमिट्यान्सको पोको मात्र आउँदैन, अनेक थरि प्रत्यक्ष/अप्रत्यक्ष सामाजिक समस्या पनि निम्त्याउँछ। प्रमाणका रुपमा त्यस्ता समाचारहरु हामीले हेर्दै आएकै हौँ। तर स्याङ्जामा यो महिना भएको एउटा घटनाले भने हदै नाघेको छ। यौन विकृतिका अहिलेसम्म सुन्दै आएका खबर भन्दा बिल्कुल फरक! सभ्य समाजमा सोच्न पनि नसकिने घटना कान्डका रुपमा अघि आएको छ। यस्तो घटना न हामीले पहिले कहिल्यै सुन्यौँ, न पछि कहिले सुन्नु परोस्।

2 years ago

धादिङको थाक्रे गाउँपालिका ५ स्थित दामेचाैरमा शनिबार एउटा स्कारपियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

2 years ago

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन | आज महेश भट्टराई अमेरिका बाट आखिर को हुन् रबि लामिछाने उनको अमेरिका बसाइमा रहेका सामाजिक र आफ्नो काम हरु बारे आफ्नो केहि शब्द हरुमा आफ्नै फेसबुक मार्फत केहि जानकारी दिनु भएको छ | यो सुनी सके पछी रबिको आलोचना गर्ने हरुको पक्कै पनि टाउको दुख्ने छ !

2 years ago

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा पाँच नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

2 years ago

बुटवल /सडकमा ढुंगा खसेर बुटवल-पाल्पा सडकखण्ड अबरुद्ध भएको छ ।पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथि पहरोबाट खसेको ठूलो ढुंगाले सडक अबरुद्ध पारेको हो ।

2 years ago

बीबीसीले प्रेरणादायी तथा सिर्जनशीला महिलाहरुको प्रारम्भिक सूचि तयार पारेको छ । ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले ६० जनाको नाम सार्वजनिक गरेको हो । ४० जनाको नाम चयन हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

2 years ago

डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो ।

2 years ago

चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ । आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

2 years ago

काठमाडौं । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित बिहीबार सखारै हातमा झाडू लिएर तीनकुनेमा झुल्किए । एकछिनमा उनलाई साथ दिनेहरु थपिए ।

2 years ago

मिना बुढाथोकी सल्यान, २६ पुस । सल्यानको दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ बर्षीया रुपा खत्रीलाई उनकी सौताले बन्चरो प्रहार गरी हत्या गरेकी छन् । २६ वर्षिया कल्पना चन्दले बुधबार बिहान भएको सामान्य झगडाको विषयलाई लिएर जेठी सौताको हत्या गरेकी हुन् ।

2 years ago

डा केसीका आजसम्मका सारा मागहरु उचित वा अनुचित थिए भन्ने बारे टिप्पणी गर्न चाहन्न तर श्रीमान, विसंगती बिरुद्व बोल्ने अधिकार त हामीलाई लोकतन्त्रले दिइसक्यो नि ।

2 years ago

सर्वोच्च अदालतमा बयानका क्रममा डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ र त्यसपस्चात वहाँलाई एम्बुलेन्समा राखिएको छ ।

2 years ago

श्रीमानले बिदेशमा दुःख गरी कमाएको पैसा अर्कै संग् नाजायज सम्बन्ध राखी उडाएको भन्दै श्रीमानले श्रीमतीको हात छिनाइदिए

2 years ago

डा. गोबिन्द केशी लाई प्रहरी ले पक्राउ गर्यो) उनी भन्छ्न मर्न तयार छु तर भ्रष्टहरुसँग डराउँदिनँ : ३ करोड नेपालीले हेर्नुपर्ने भिडियो

2 years ago

तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार राति खुकुरी हानाहान हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

2 years ago

अति गोप्य रहने डिआइजीहरुको कार्य सम्पादन मूल्याङ्कन प्रकाशन गर्ने तीन अनलाइनका सम्पादकविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ ।

2 years ago

देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

2 years ago

पुस २५ गते निजी विद्यालयहरु बन्द हुने भएका छन् । पूर्व सांसद एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोख्रेलको शोक मनाउन प्याब्सन अन्तरगतका स्कुल बन्द गरिने प्याब्सनले जनाएको छ ।

2 years ago

काठमाडाैं । झापाको इलाका प्रहरी कार्यालय, गौरीगञ्जको हिरासतभित्रै एक जना अभियुक्तले आत्महत्या गरेका छन् । गाउँमा झगडा गरेको आरोपमा पक्राउ परेका गौरीगञ्ज–३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेका हुन् ।

2 years ago

नेपाल टेलिकमले डिजिटल पेमेन्ट गेटवे अर्थात मोबाइल मनि संचालनमा ल्याउन सब्सिडरी कम्पनी खोल्ने प्रकृया अगाडि बढाएको छ । मोबाइलमार्फत हुने कारोबार बढ्दै गएपछि टेलिकमले यो व्यवसाय संचालनमा ल्याउन लागेको हो ।

2 years ago

युएईको राजधानी आबुधाबीदेखि झण्डै २५ किलोमिटर टाढा पर्छ खालिफा सिटी । जहाँ यहाँका राजघरानाका मानिस बस्छन् । नजिकै छ खालिफा प्यालेस ।

2 years ago

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ । करिब १ अर्व रुपैयाको लगानीमा निमार्ण हुने सो केवलकार निमार्णको र्पू तयारी अन्तिम चरणमा पुगेको छ।