Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

काठमाडौं । त्रिभुवन विमानस्थलका एक जना कर्मचारी सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विमानस्थलको भन्सार कार्यालयमा कार्यरत् नायब सुब्बा राजदीप शाक्यलाई घुससहित पक्राउ गरेको हो ।

2 years ago

तनहुँमा |तनहुँको ब्यास नगरपालिका-३ दुर्गा मन्दिर नजिकै आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६०२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५३ प ९४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

2 years ago

काठमाडौँ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।

2 years ago

काठमाडौं सुन्धारास्थित एक होटेलमा युवतीको शव फेला परेको छ। उदयुरकी २४ वर्षिय शर्मिला राउतको शव होटलमा भेटिएको प्रहरीले जनाएको छ। मृतका प्रेमी विशाल खड्कासहित २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मनानगरीय प्रहरी जनसेवाका डिएसपी टेकुन्नद लिम्बुले जानकारी दिए।

2 years ago

काठमाडौं । प्रदेश २ को सरकारले आफ्नो काममा संघीय सरकारले असहयोग तथा अवरोध गरेको गुनासो गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रै लेखेर संघीय मन्त्रालय र कर्मचारीको असहयोग भएको गुनासो गरेका हुन् ।

2 years ago

नवलपरासी — महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको हरकट्टामा शुक्रबार २ सवारी एकआपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १५ यात्रु सामान्य घाइते भएका छन् ।

2 years ago

मलेखु– एउटा ट्रक त्रिशूली नदी किनारमा खस्दा आज तीन जना घाइते भएका छन् । हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

2 years ago

दैलेख । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ ।

2 years ago

कपिवास्तु /जितपुर -यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् ।

2 years ago

पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् । विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो ।

2 years ago

स्याङजाको वालिङ नगरपालिका-६ आमडालिस्थित सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार वालिङग नगरपालिका २ बस्ने विष्णु विश्वाकर्मा रहेकी छिन् ।

2 years ago

महोत्तरीमा जन्ती बोकेको बस दुर्घटना हुदा १० जना घाइते

2 years ago

चौध बर्ष वनवास समाप्त भएर लंकाका राजा रावणको वध गरेपछि राम आफ्नी पत्नी सिता माता र भाई लक्ष्मण सहित अयोध्या फर्किए।राम अयोध्या फर्केपछि अयोध्यावासीहरुको खुसीको सिमा थिएन।चारैतिर रामको जयजयकार हुन थाल्यो।

2 years ago

दाङ। नेकपा एमालेले प्रदेश नम्बर पाँचको स्थायी राजधानी दाङ उपयुक्त हुने निष्कर्ष निकालेको छ । दाङ उपत्यका सुरक्षा र भौतिक पूर्वाधारको दृष्टिले उपयुक्त हुने भन्दै स्थायी राजधानीको लागि दाङ हुनुपर्ने माग गरेका छन् ।

2 years ago

सुन चाँदीको ब्यापार गर्दै आउनुभएका कविलासी नगरपालिका-२ पिपरियाका २२ वर्षीय सुनिलकुमार साहको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको हो ।

2 years ago

दिनेश सुनार,सन्धिखर्क /अर्घाखाँचीबुलेटिन -नयाँ शक्ति पार्टी नेपालका संयोजना तथा पुर्ब प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मावारीपूर्ण पदमा दोश्रो पटक नियुक्त भएकोमा नयाँ शक्ति नेपाल र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक वधाइ तथा सफल कार्यकालकालागि शुभकामना व्यक्त गर्नु भएको छ ।

2 years ago

श्रीमानबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको सोमबार मृत्यु भएको छ ।

2 years ago

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

2 years ago

महाशिवरात्रि अर्थात् फाल्गुनकृष्णचतुर्दशी साक्षात् शिवजीव निराकारबाट साकार रूपमा प्रकट भएको दिन हो । शंकर भगवान् विशालकाय अग्निलिङ्मा प्रकट हुनुभएको दिन फाल्गुन कृष्णचतुर्दशी अर्थात् महाशिवरात्रि हो । लिङ्ग पुराणमा शिवोत्पत्तिको विशेष वर्णन पाइन्छ । भगवदुत्पत्तिसँगै यो सृष्टिको पनि आरम्भ भएको हो ।

2 years ago

अर्घाखाँचीबुलेटिन /चिनले आफूले मानिआएको सगरमाथाको उचाईमा अडिग रहेको बताएको छ । चीनले सगरमाथाको उचाई ८८४४.४३ मान्दै आएको छ ।

2 years ago

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका हुन्

2 years ago

म्याग्दी, माघ २८-म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

2 years ago

गुल्मी / गुल्मीमा सम्भवत पहिलो पटक एक महिलाले एक पुरुषलाई वलात्कारको प्रयास गरेकी छन् । घटना माघ १ गतेको हो तर हालै मात्र यस घटनाको खुलासा भएको हो । भर्खरै खुलासा भएको घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले पुरुषलाई वलात्कारको प्रयास गरेको उजुरी परेको छ ।

2 years ago

गुल्मीको मुसिकोट नगरपालीका, साविकको आँपचौर गा. वि. स. वडा नं ९ थाममा भीषण आगलागी भइरहेको खबर प्राप्त भएको छ। गए राती देखी सुरु भएको आगोलागी अहिले खर्वाङ बस्तीमा आउन थालेकोले त्यस क्षेत्रका वासिन्दा आगलागी नियन्त्रणको सक्दो प्रयासमा लागेका छन।

2 years ago

रावती गाउँपालिका– ४ गोलचौर धुवाङमा आगलागी हुँदा गाउँका ७ घर जलेर नष्ट भएका छन्। बिहीबार भएको आगलागीबाट उक्त घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। गोलचौर निवासी बमबहादुर पुनमगरको घरबाट सुरु भएको र स्थानीयहरू चन्द्रबहादुर पुनमगर, रुमबहादुर पुनमगर, निखिल पुनमगर, टंक पुनमगर, जुठी पुनमगर र बोमबहादुर पुनमगरको घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए।