श्रद्धाञ्जली एवं अनुरोध कार्यक्रम सम्पन्न

| २०७८ असार १५ गते १८: २० मा प्रकाशित
गुरुदेव खनाल फोटोग्राफर

गुरुदेव खनालका अन्य रिपोर्टहरु :

भुमिकास्थान।  भुमिकास्थान नगरपालिका, अर्घाखाँचीमा शिक्षकहरुका विभिन्न पेसागत संगठनद्वारा संयुक्तरूपमा कोभिड-१९ को कारणबाट अर्घाखाँची लगायत  देशभर निधन भएका शिक्षक प्रति श्रद्धाञ्जली व्यक्त गर्ने र शिक्षक एवं विद्यार्थीहरुलाई तुरुन्तै खोपको व्यवस्था गर्नको लागि अनुरोध गर्ने कार्यक्रम सम्पन्न भएको छ।

श्रद्धाञ्जली कार्यक्रम 

 

 शिक्षक हरुबाट नगरपालिकाको गेटमा मैन बत्ती बालेर मौनधारण गर्दै श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । त्यसैगरी  मेयर रेसम थापा क्षेत्रीलाई खोपबिना पठनपाठन सुरु गर्दा कोभिडको जोखिम उच्च हुने हुदा शिक्षक र विद्यार्थीलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउनका लागि पक्षीकरणको लागि पहल गरिदिनु हुन अनुरोध पत्र बुझाइएको छ । 

श्रद्धाञ्जली कार्यक्रम

 

कार्यक्रममा अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण बञ्जाडे, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव खुमबहादुर बस्नेत , नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि मोतीराम चुदाली र भुनपा नगर अध्यक्ष काशीराम गैरे , एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष सुन्दरसिंह ठकुरी लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्