हाप्सा नेपालले गर्‍यो भुमिकास्थानमा स्वास्थ्य सामाग्री सहयोग

| २०७८ सावन ३१ गते १९: ३० मा प्रकाशित

अर्घाखाँची। पछिल्लो समय कोरोना संक्रमितलाई लक्षित गरेर स्वास्थ्य किट सहयोग गर्दै आईरहेको हाप्सा नेपालले  भुमिकास्थान  नगरपालिकामा पनि सहयोग गरेको छ । खिल्जि असुरकोट सेवा समाजको समन्वयनमा भुनपा,  वार्ड नम्बर - ६ र रामकोट भगवति सरोकार समाजको संयुक्त  माग बमोजिम उक्त किटहरु प्रदान गरिएको हो ।

अक्सोमिटर,  थर्मोमिटर,  सेनिटाईजर,  माक्स,  भिटामिन c , d,  सिटामोल,  जिवनजल, जिङ्क ट्यापलेट लगायत सामानहरु समाबेस गरि,  संक्रमित एक परिवारलाई यि सबै सामान राखिएको एक झोला प्रदान गरिने छ ।कोरोना संक्रमित भै घरमै आईसोलेसनमा बस्दै आउनु भएका बिरामीले प्राप्त गर्ने यो किट बिरामिका लागि निकै उपयोगी रहेको  कुरा खिल्जी असुरकोट सेवा समाजका सचिव प्रकाश दाईले बताउनुभयो ।

भुमिकास्थानमा स्वास्थ्य सामाग्री सहयोग

हाल २० परिवारलाई लक्षित गरी २० झोला सहयोग गरिएता पनि संक्रमितको बढ्दो अवस्थालाई मध्यनजर गरी थप सहयोग गर्न सकिने कुरा हाप्सा नेपालका अदक्ष्य पंकज भट्ट्राईले बताउनु भयो ।

आज  प्रदान गरिएको उक्त सहयोग सामाग्री रामकोट भगवति सरोकार समाजका अदक्ष्य प्रेम नारायण बेल्बासे र खिल्जी  असुरकोट सेवा समाजका सचिव  प्रकाश दाइले संयुक्त रुपमा ग्रहण गर्नुभएको थियो ।अबको एकदुई दिनमै यि किटहरु भुमिकास्थान - ६  वार्ड कार्यलयबाट ,  भुमिकास्थान - ५ र ६ का संक्रमितहरुले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्