भुमिकास्थानमा आव.२०७८/०७९ को विकास निर्माणका कार्यलाई गति दिन टेन्डर आव्हान :नुवाकोट खिल्जी असुरकोट सडक कालोपत्रेलाइ मात्र १० करोड

| २०७८ सावन ३२ गते १५: ४२ मा प्रकाशित

गुरुदेव खानाल ,सन्धिखर्क। भूमिकास्थान नगरपालिकाले नगरभित्रका राजनीतिक दलहरु, पत्रकार, नगरपालिका भित्रका जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथै आम नगरबासीहरुको उपस्थितिमा आर्थिक बर्ष २०७७÷०७८ को समग्र कार्यक्रमको बार्षिक प्रगति समीक्षा कार्यक्रम २०७८ साउन १० गते सम्पन्न गरी चालु आ.ब.०७८÷७९ मा बर्षभरी सम्पादन गर्ने योजना तथा कार्यक्रमको बार्षिक कार्ययोजना तयार गर्दै नयाँ आर्थिक बर्षको शुरुवातसँगै विकास निर्माणका कार्यहरुलाई गती दिन विकासका योजना तथा कार्यक्रमहरुको टेण्डर ब्यबस्थापनका लागि सूचना प्रकाशन गरि अघि बढेको छ ।

नगरपालिकाले चालु आ.ब.२०७८÷०७९ को पहिलो महिना साउनको २७ गतेदेखि नै उपभोक्ता समिति तर्फका योजना सम्झौताको कार्य शुरु गरेको छ भने २ वटा मोटरबाटोको स्तरोन्नतीको कार्य, औषधी खरिद तर्फ १ वटा र जस्तापाता खरिद तर्फ १ वटा गरी ४ वटा ठेक्का ब्यबस्थापनको सूचना प्रकाशन समेत गरेको छ । 

यसैगरी नगरपालिकाले साउन महिनाको ३० गते नुवाकोट खिल्जी असुरकोट सडक कालोपत्रे गर्ने कार्यको १० करोड रुपैयाँ बराबरको ठेक्काको सूचना प्रकाशन गर्नुका साथै आफ्नो क्षेत्राधिकार भित्र पर्ने दुर्वाङ्गखोला र खाकाबेसी खोलाको आन्तरिक आय तर्फको समेत ठेक्का ब्यबस्थापनका लागि सूचना प्रकाशन गरेको छ । 

हालसम्म भूमिकास्थान नगरपालिकाले मोटरबाटो स्तरोन्नती तर्फका ३ वटा, आपूर्ती तर्फका २ वटा र आन्तरिक आय तर्फका २ वटा गरी ७ वटा टेण्डर मध्ये ४ वटा ई–बिडिङ्ग तर्फ र ३ वटा हार्डकपी खरिद तर्फका सूचना प्रकाशन गरि सकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्