अर्घाखाँचीको भुमिकास्थान ६ दुर्बाङ दमार क्षेत्रमा नेपाल टेलिकमले टावर नटिप्ने समस्याको अन्त्य

| २०७८ असोज ३ गते १६: ०० मा प्रकाशित

प्रकाश दाइ ,अर्घाखाँची। भुनपा ६  दुर्बाङ दमार  क्षेत्रमा नेपाल टेलिकमले टावर नटिप्ने समस्याको अन्त्य भएको छ ।

   टेलिकमका इन्जिनियर लक्ष्मण बेल्बासेका अनुसार हिँजो घोराखरी डाँडामा टावर जडान गरेसँगै, अब दुर्बाङ दमार क्षत्रमा नेपाल टेलिकमले प्रदान गर्दै आएका 4G सहितका सम्पुर्ण सुबिधाहरु सेबाग्रहीले प्राप्त गर्नेछन् ।

बिगतमा नेटवर्क सम्म नहुँदा उक्त  क्षेत्रका बासिन्दाहरुले ठुलो सास्ति खेप्नु परेको कुरा आफैले अनुभव गरेका भुनपा- ६ धारिचौर निवासी नेपाल टेलिकमका इन्जिनियर  लक्ष्मण बेल्बासेले-  व्यक्तिगत रुपमै पहल गरेपछी घोराखरी क्षत्रमा टावर जडान गर्न सम्भव भएको हो ।

 यो सँगै,अर्घाखाँची,  भुनपा क्षेत्रका दुर्बाङ्ग, दमार सँगै प्युठान ऐराबति गाउँपालिकाका जुडा, मान्द्रे र दाङबाङ्ग क्षत्रका उपभोक्ताहरुलाई यस अघी भोग्दै आएको सास्तिबाट मुक्ति मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्