भुमिकास्थानमा कर्मचारी युनियन गठन

| २०७८ असोज १४ गते २०: २९ मा प्रकाशित

अशोक खनाल। नेपाल निजामति कर्मचारी युनियनको स्थानीय तहको अधिवेशन अन्तर्गत भूमिकास्थान नगरपालिकामा बलाराम खनालको अध्यक्षतामा १७ सदस्यीय स्थानीय कार्यसमित निर्बिरोध गठन भएको छ । जसको उपाध्यक्षमा ज्ञानहरी खनाल, समावेशी उपाध्यक्ष मञ्जु खनाल, सचिव हिमा न्यौपाने, कोषाध्यक्ष सरद पोख्रेल निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा क्रमश: विन्दु पन्थी, जुना पाण्डे, बलाराम खनाल, धर्मराज भट्टराइ,चन्द्र बहादुर थापा, माधवी शाहा, सुनिता भण्डारी, सरिता गिरी,  शान्ता आचार्य, गोविन्द प्रसाद घिमिरे, यमकला रेश्मी, कौशिला शाह रहनु भएको छ । 

भूमिकास्थानको सामुदायिक भवनमा सम्पन्न उक्त्त कार्यक्रममा भूमिकास्थान नगरपालिकाका उप-प्रमुख खडानन्द बेल्वासे, युनियनका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे "ओशन", उपाध्यक्ष माधव अर्याल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष झबिन्द्र खनाल, जिल्ला कार्य समितिका सल्लाहाकार मुक्त्तिराम खनाल तथा युनियनका नबिन पाण्डे, शिवहरी खनाल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमा मन्तब्य राख्नुहुदै भूमिकास्थानका नवनिर्वाचि अध्यक्ष बलराम खनालले पेशागत हकहित र प्रभावकारी सेवाप्रवाह दुवैकाम स्थानीय कार्य समितिले गर्ने बताउनु भएको छ । आधिकारिक ट्रेड युनियनका अधेयक्ष झबिन्द्र खनालले संगठित भएर सेवा प्रवाहा गर्दा कार्य सम्पादन झन प्रभावकारी हुने विश्व अध्ययानले देखाएको तथ्य प्रस्तुत गर्नुभएको थियो । भूमिकास्थानका नगर उप-प्रमुखले शुभकामना मन्तब्य राख्नुहुदै आाफ्ना हक अधिकारको साथसाथै जनअपेक्षा अनुसार सेवा प्रवाहा गर्न कार्य समितिले रचनात्मक कार्य गर्न सकोस भन्दै शुभकामना दिनु भएको थियो । 

युनियनका जिल्ला अध्यक्ष शेषकान्त घिमिरेले उपस्थित सम्पूर्ण यूनियनकर्मीहरु प्रति आभार व्यक्त्त गर्दै मुस्कान सहितको सेवा र पेशागत हक हित दुवैलाइ मिलाएर लैजानु पर्ने बताउनु भएको कार्यक्रम जिल्ला अध्यक्ष शेषकान्त घिमिरेको अध्यक्षता र उपाध्यक्ष माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । 
युनियनले यस अघि सन्धिखर्क नगरपालिका , छत्रदेव गाँउपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिकामा कार्यसमिति गठन गरिसकेको छ भने असोज १५ गते शितगंगामा नगरपालिका ठाडामा स्थानीय कार्यसमिति गठन गरी स्थानीय अधिवेशन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्