राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सदस्य नेपालीलाइ मातृ शोक

| २०७८ कार्तिक ७ गते २२: २० मा प्रकाशित

माधव खनाल। 
७ कार्तिक अर्घाखाँची-  राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्य तथा राजिमे टोल समितिका अध्यक्ष दिपक नेपाली लाई मात्रीशोक परेको छ ।बिगत केही समय देखि क्यान्सर रोगबाट ग्रसित नेपालिका आमा मिनि नेपाली सार्किको आइतबार बिहान ६५ वर्षको उमेरमा मृत्यु भएको हो ।स्वर्गीय नेपालीको आजै स्थानीय घाटमा राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगर सदस्य भोजराज खनालले नेपालीको पार्थिक शरीरमा  पार्टीको झण्डा ओडाइ श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय जनमोर्चाका नगर सदस्य भोजराज खनालले नेपालीको निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ लाई अतुलनीय क्षति पुगेको भन्दै आफ्ना आम कार्यकर्तालाई नेपालीले देखाएको बाटो लाग्न आग्रह गर्नुभएको थियो ।

यस्तै अन्त्येष्टी कार्यक्रममा अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल जातियसमता समाजका जिल्ला सदस्य रामबहादुर नेपाली अखिल छैठौंका जिल्ला अध्यक्ष जिबन नेपाली लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो स्वर्गीय नेपालीका पाँच छोरा तीन छोरी चार बुहारी र नातिनातिना हुनुहुन्छ ।

अन्त्येष्टि कार्यक्रमको अध्यक्ष स्वर्गीय नेपालीका छोरा दिपक नेपालीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सचीव नारायण खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्