राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली शभा सम्पन्न (तस्विर सहित)

| २०७८ कार्तिक १२ गते २०: २२ मा प्रकाशित

माधव खना,अर्घाखाँची। राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ द्वारा राष्ट्रिय जनमोर्चाका वार्ड सदस्य  तथा राजिमे टोल समितिका अध्यक्ष दिपक नेपाली र युवक संघका पुन ब नेपालीकि आमा स्वर्गीय निमि नेपालीको छैटौं दिनको पुण्य तिथि पारी आज उहाँकै निवास राजिमेमा श्रद्धाञ्जली शभा सम्पन्न गरेको छ ।

श्रद्धाञ्जली शभामा शोक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले स्वर्गीय निमि नेपालीको निधनले आज आफू र आफ्नो पार्टी राष्ट्रिय जनमोर्चालाई अतुलनीय क्षति पुगेको बताउनुभयो साथै नेता थापाले स्वर्गीय नेपालिले बामपंथी आन्दोलन लाई पुर्याएको योगदान लाई आत्मसाथ गरि कार्यकर्ता लाई उहाँले देखाएको बाटोमा लाग्न अपिल समेत गर्दै मृत्तात्मको चिर सान्तिको कामना गर्दै शोक स्तप्द परिवार जनप्रति समवेदना समेत प्रकट गर्नुभएको थियो।

यस्तै श्रद्धाञ्जली शभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य युवा नेता भोजराज खनालले निमि नेपालीको निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ ले एउटा् कुशल अभिभावक गुमाएको बताउनुभयो ।

श्रद्धाञ्जली शभामा अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य हिमलाल खनाल अखिल नेपाल महिला संघकि भुमिकास्थान नगर सदस्य तथा नगर कार्यपालिका सदस्य शान्ता खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

स्वर्गीय नेपालिको गत कार्तिक ७ गते ६४ वर्षको उमेरमा निधन भएको थियो ।स्वर्गीय नेपालीका ५ छोरा ३ छोरी ४ बुहारी ज्वाइँ र नातिनातिना हुनुहुन्छ ।कार्यक्रम स्वर्गीय नेपालीका छोरा पुन बहादुर नेपालीको अध्यक्षता र माधव खनालको संचालनमा सम्पन्न भएको थियो ।

आजै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झबिलाल थापा सहितको टोलीले आफ्ना सकृय कार्यकर्ता सागर खनाल यज्ञ खनाल का बुवा अखिल नेपाल महिला संघकि सदस्य  मिना खनालका ससुरा बुवा स्वर्गीय डिलाराम खनालको आठौं दिनको  पुण्य तिथि पारी उहाँकै निवासमा पुगि श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्द परिवार जनप्रति शमवेद्ना प्रकट गरेको छ । स्वर्गीय डिलाराम खनालको यहि कार्तिक ५ गते क्यान्सर रोगका कारण ७१ वर्षको उमेरमा  निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्