अबैध रूपमा भैँसी ओसारपसार गरिरहेको सिङ्गल क्याव जिप खिल्जी प्रहरीको नियन्त्रणमा

| २०७८ कार्तिक २५ गते २०: २३ मा प्रकाशित

गुरुदेव खनाल। 
कार्तिक २५- अबैध रूपमा ओसारपसार भईरहेका ३ वटा भैंसी सहित सिङ्गल क्याव जिपलाई प्रहरीले नियन्त्रण मा लिएको छ। 

नियन्त्रणमा पर्नेमा लु २ च ८३१३ नम्बरको सिङ्गल क्याव जिप रहेको छ। उक्त जिपलाई खिल्जी प्रहरीले भूमिकास्थान नगरपालिका को कार्यालय को गेट अगाडि बाट  नियन्त्रणमा लिएको हो।

उक्त भैंसीहरु र गाडीलाई  जरिवाना को दायरामा लिएर मात्र छोडिने खिल्जी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्