अखिल (छैठौं)को विद्यालयदेखि बिश्वबिद्धालयसम्म अभियान ढाकावाङ्गको विश्व माविमा

| २०७८ मंसिर २८ गते १५: १६ मा प्रकाशित

मंसिर २८, अर्घाखाँची । अखिल (छैठौं) केन्द्रीय समितिले तय गरेको विद्यालयदेखि बिश्वबिद्धालयसम्म संगठनात्मक अभियान अन्तर्गत मंगलबार ढाकावाङ्गकाे बिश्व माविमा प्रशिक्षात्मक भेला सम्पन्न भएको छ। 

अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जिवन नेपाली र अखिल (छैठौं)का राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेश समिति सदस्य टेकराज भुसालको बिशेष उपस्थितिमा प्रशिक्षात्मक भेला सम्पन्न भएको हो।

भेलालाई सम्बाेधन गर्दै अखिल (छैठौं)का केन्द्रीय सदस्य जिवन नेपालीले राष्ट्रियता, संघीयता र एमसीसीको अवधारणा बिषयमा विद्यार्थीहरुलाई प्रष्ट पार्नु भएको थियो ।

त्यस्तै अखिल (छैठौं)का राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेश समिति सदस्य टेकराज भुसालले शैक्षिक क्षेत्रमा देखिएका विकृति हटाउन र नि:शुल्क शिक्षा प्राप्त गर्न बिद्यार्थीले राजनीति गर्नुपर्ने बताउनु भएको थियोे।  

भेलाले प्रशंसा खनालको अध्यक्षतामा २५ सदस्यीय अखिल (छैठौं) बिश्व मावि मूल इकाई समिति गठन गरेको छ। जस्काे उपाध्यक्षमा सन्तोष खनाल, सचिव मनिषा खनाल, सहसचिव कृष्ण खनाल, काेषाध्यक्ष आशिका परियार र सदस्यहरुमा क्रमशः राज खनाल, अनिल बिक, सुजाता नेपाली, सन्ध्या खड्का, उमेश भुसाल, राजेश बिक, मनिष भुसाल, दिपक बिक, सन्ताेष बन्जाडे, एलिना परियार, सुप्रिया राउत, विपना खड्का, रितृ खनाल, विपना थापा, अस्मिता भट्टराई, एलिसा खनाल र दिपक बिक चयन हुनुभएको  भने ३ सदस्य रिक्त राखिएको छ।

प्रशिक्षात्मक भेला प्रशंसा खनालको अध्यक्षता र अखिल (छैठौं) अर्घाखाँचीका उपाध्यक्ष प्रकाश चुदालीकाे सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्