ढाकावाङको विश्व माविमा पढाइ रोकिनुहूँदैन भन्ने शिक्षक खुमबहादुर बस्नेत पुर्व प्रअ लगायतबाट असुरक्षित

| २०७८ पौष ११ गते १७: २९ मा प्रकाशित

अर्घखाँची। विहीबारदेखी अखिल क्रान्तिकारी (विप्लव)ले कार्यालयमा ताला बन्दी गरेको स्कुल विश्व मावि ढाकावाङ अर्घाखाँचीमा आज पढाइ रोक्नुपर्छ र रोक्नुहुदैन भन्ने शिक्षकहरुको विवादका कारण तनावग्रस्त वातावरण सिर्जना भएको छ । 

उक्त विवादमा कार्यालय बन्द भएको पछिल्लो दिन शुक्रबार पढाई सुचारु रहेको र पढाइ रोक्ने विषयमा विद्यार्थीलाई पुर्वसुचना पनि नगरिएकोले आइतबार पनि पढाइ सन्चालन गरिनुपर्छ भन्ने कुरा राख्दा पुर्व प्रअ जुमलाल खनाल, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम खनाल, सामाजिक शिक्षक उमानन्द बञ्जाडे र कार्यालय सहायक रामबहादुर दोर्जीले हातपातको प्रयास गरेका छन् । साथै स्थानीय व्यापारी समेत रहेका तिलक खनाल र बाबुराम खनालले शिक्षक खुमबहादुर बस्नेतलाई आफु स्थानीय भएकोले बाहिरबाट पढाउन आएको शिक्षकलाई जतिबेला जेपनि गर्नसक्ने धम्की दिएकाले शिक्षक बस्नेतले आफु असुरक्षित रहेको भन्दै प्रअ गोपाल आचार्य लगायत अन्य स्टाफ, विद्यार्थी , उपस्थित स्थानीय युवा तथा अभिभावक र सुरक्षाकर्मी समक्ष आफुलाई केही भएमामा त्यसको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने कुरा बताएका छन् । 

अाइतबार दस बजे स्कुलमा उपस्थित भएको केही समय पछि शिक्षक उमानन्द बन्जाडेले मार्कर, डस्टर र किताबहरु अफिसमा छन् पढाउन सकिदैन भनेपछि त्यसको जबाफमा शिक्षक खुमबहादुर बस्नेतले मार्कर डस्टर पसलबाट ल्याउन सकिन्छ किताब निकाल्न लाइब्रेरी खुल्ला छ , रुखमुनि चौरमा बसेर पनि पढाइ सञ्चालन हुँदै आएको ईतिहास छ, कक्षाकोठा खाली छन् , शुक्रबार पढाइ रोकिएन, आज पढाइ रोक्नेबारे विद्यार्थीलाई पुर्वसुचना पनि गरिएन, विद्यार्थी अाईसकेपछि पढाइ नरोकौँ भन्दा उमानन्द आक्रमक भएर बस्नेतलाई झम्टिने प्रयास गरेको र तत्कालै जुमलाल खनाल र रामबहादुर दोर्जीले उमान्दलाई साथ दिदै अगाडि बढेपछि बस्नेतको समेत टाठो स्वर सुनेर सम्पुर्ण विद्यार्थी जम्मा भएको र विवाद पुनः मौखिकतर्फ फर्किएको बस्नेतले जानकारी दिएका छन् । 

पछि जुमलालका दाजु तिलक खनाल र विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बाबुराम खनाल स्कुल गेटभित्र छिरेर आफ्ना भाइ र पढाइ रोक्नुपर्छ भन्ने शिक्षकलाई साथ दिदै बस्नेतलाई तपाईंको पढाउने काम हो जानुस् एक्लै पढाउनुस् , पढाउने बाहेक अरु  गर्नुभयो भने हामीले जानेका छौँ, हामी स्थानीय हौँ , बाहिरबाट अाएको शिक्षकले केही गर्नसक्नुहुन्न, सब हामीले गर्छौं अब तपाईंलाई के गर्छौं हेर्दै जानुस् भन्दै धम्की दिएका छन् । त्यसको जबाफमा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम खनाललाई संकेत गर्दै हिजो सम्म तपाईं अध्यक्ष भएर स्कुलको अवस्था लथालिङ्ग हुने मैले आरोप खेप्नुपर्ने, यो बोल्नै नपाइने राणाशासन होइन भन्दै जायज कुरा  र आफ्नो पेसागत हकहितको लागि निरन्तर बोल्न नछाड्ने बताएको कुरा प्रत्यक्षदर्शी विद्यार्थीबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्