भूनपा ९ को ढिकुरा श्री शारदा माविमा शुक्रबारीय कार्यक्रम अन्तर्गत स्पेलिङ कन्टेष्ट कार्यक्रम सम्पन्न

| २०७८ पौष १२ गते २०: ०२ मा प्रकाशित

पारस भट्टराई ,भुमिकास्थान। भुमिकास्थान नगरपालिका वडा नं ९ ढिकुरा मा रहेको श्री शारदा माध्यमिक विद्यालय मा आज शुक्रबारीय कार्यक्रम अन्तर्गत (स्पेलिङ कन्टेष्ट) spelling context कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सदनात्मक थियो। 

जस अनुसार डाँफे, सगरमाथा, भानुभक्त र लुम्बिनी गरि चार ओटा नाम राखिएको थियो। उक्त कार्यक्रम लोकनाथ अधिकारी को संचालक, सिता गौतम को प्रश्न र कमला सुर्यबंशी समय पालक को रुपमा हुनुहुन्थ्यो। सोही बिध्यालय मा अध्ययनरत मिसन नेपाली ले गोला बाट नम्बर निकालेर सहभागि लाई प्रश्न सोधिएको थियो। उक्त कार्यक्रम मा  ४० ओटा प्रश्न सोधेमध्ये  सगरमाथा सदन ले २५ ओटा प्रश्न को  उत्तर दिएको थियो। डाँफे सदन ले २ओटा प्रश्न को उत्तर दिएको थियो। 
भानुभक्त सदन ले  २४ओटा प्रश्न को उत्तर दिएको थियो।

लुम्बिनी सदनले २३  ओटा प्रश्न को उत्तर दिएको थियो। जस अनुसार यस कार्यक्रम को प्रथम स्थान सगरमाथा सदन  , दोस्रो स्थान भानुभक्त सदन ,र तेस्रो स्थान हासिल गर्न लुम्बिनी सदन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्