नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीको प्रथम पालिका स्तरीय अधिवेशन भुनापामा सम्पन्न

| २०७८ पौष १६ गते १९: १७ मा प्रकाशित

चिरन भुसाल भुमिकास्थान। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले प्रथम पालिका स्तरीय अधिवेशन भूमिकास्थान नगरपालिकाको सम्पन्न गरेको छ ।

भूमिकास्थान नगरपालिका वार्ड नं ८  पोखेडाडामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष सिला पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापा, विशिष्ट अतिथि नेकपा एमाले अर्घाखाँची जिल्ला भूमिकास्थान नगर कमिटी अध्यक्ष मणि पौडेल , अथितिहरु :नगर कमिटी उप सचिव झुप्लाल खनाल, सिबिय उपाध्यक्ष हरि डुम्ब्रे, सिबिय सदस्य लालमणि खनाल, नेपाल निजामती कर्मचारी संगठन सन्धिखर्क नगरपालिका कमिटी अध्यक्ष प्रेम खनाल, डिप्लोमा इन इन्जिनियरिङ एसोसियसन पूर्व अध्यक्ष जितेन्द्र श्रेष्ठ लगायत करिव ८० जनाको उपस्थितिमा सम्पन्न भएको छ। जसमा स्वागत मन्तव्य संगठनका सदस्य सुवर्ण खनाल र संचालन संगठनका सचिव गणेश प्रसाद भण्डारीले गर्नु भएको छ ।

उक्त भेलाले अशोक खनालको अध्यक्षतामा १९ सदस्य कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सचिवमा गौतम थापा , कोषाध्यक्षमा टामकला गैरे, सदस्यहरुमा क्रमशः तारापति भट्टराई, डेगेन्द्र विष्ट, चिरञ्जीवी भुसाल,राजन भुसाल, नवीन खड्का, शिला कुँवर, बिनिता गौतम,बाबुराम थापा मगर, अनिता जैसवाल कलवार, गणेश प्रसाद पोख्रेल, सीता पौडेल घिमिरे, संगीता केसी र सुष्मा गैरे रहनु भएको छ भने सल्लाहकारमा क्रमश तुल्सी राम पोख्रेल, सुनिल पोख्रेल,सुरेश गैरे, शंकर अधिकारी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्