भूमिकास्थान २ मा वडास्तरिय युवा क्लब गठन : अध्यक्षमा टेकराज भुसाल

| २०७८ पौष २४ गते १४: ३१ मा प्रकाशित

भूमिकास्थान अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा वडास्तरिय युवा क्लब शुक्रबार गठन भएको छ।

भूमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य केशरा परियारकाे अध्यक्षतामा २ नम्बर वडाका वडाध्यक्ष बुद्धि बहादुर थापाकाे प्रमुख आतिथ्यता र भगवती आधारभुत बिद्यालयका प्राचार्य कमल प्रसाद खनाल र शिक्षक सुरज खनालको उपस्थितिमा भएको भेलाले टेकराज भुसाल अध्यक्ष रहेको १५ सदस्यीय वडास्तरीय युवा क्लब गठन गरेको हो।

जसको उपाध्यक्ष प्रकाश चुदाली, सचिव मुना रायमाझी (बन्जाडे), काेषाध्यक्षमा रेमकला खत्री चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा क्रमशः मनाेज थापा, मनिषा थापा, सरिष्मा परियार, बसन्ता खनाल, सविता खनाल, आकाश अधिकारी, तिलक खनाल,  केशव केसी, सागर आचार्य, शर्मिला घर्ती (आचार्य) र सम्झना घर्ती चयन हुनुभएको छ।

साथै भेलाले पुस २५ गते भूमिकास्थान नगरपालिकामा हुने नगरस्तरीय युवा क्लब गठन गर्नेकाे निम्ति अध्यक्ष टेकराज भुसाल र काेषाध्यक्ष रेमकला खत्रीलाई पठाउने निर्णय गरेको वडा स्तरीय युवा क्लब भूमिकास्थान २ का सचिव मुना रायमाझी (बन्जाडे)ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्