भुमिकास्थानको भुमे मन्दिर प्रचार प्रसार नहुँदा ओझेलमा

| २०७८ माघ २१ गते १७: ०५ मा प्रकाशित

प्रकाश भुसाल,भुमिकास्थान।अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न २मा पर्न भुमिकास्थानकै ऐतिहासिक मन्दिर भुमे मन्दिर अहिले प्रसार प्रचार नहुदा ओझेलमा परेको छ।

भुमिकास्थान नगरपालिका अन्तर्गत पर्न यसमा विभिन्न सहयोग दाताहरुले गर्दा बिकासमा भने फडको मारेको छ।जेठ पुर्णिमाको दिन यस मन्दिरमा मेला पनि लाग्ने गर्छ।वरिपरि डाडाकाडले ढाकेको अनि खोलाको किनार देखि केही मिटर माथी अर्घाखाँची -प्युठान  सडकखण्डको को छेउमै अबस्थित यश मन्दिर ओझेलमा परेको छ।

आन्तरिक पर्यटकको सम्भावना बोकेको यस मन्दिर कुनै प्रसार प्रचार नहुदा ओझेलमा परेको स्थानीय बताउन्छन।भने मन्दिर ब्यबस्थापन समिती अध्यक्ष बिरु भट्टराई `हामी सक्दो प्रसार प्रचारमा लागि रहेका छौ अब कहा कती प्रसार गरेर आन्तरिक पर्यटनलाई आकर्षक गर्न सकिन्छ´उहाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्