जनमोर्चाद्वारा भूमिकास्थान १ मा जन-भेटघाट कार्यक्रमलाई तिव्रता

| २०७८ फागुन ३ गते २०: ३० मा प्रकाशित

टेकराज भुसाल। राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गले जन भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ।

राष्ट्रिय जनमाेर्चा भूमिकास्थान १ काे आयोजनामा मंगलबार वार्ड नम्वर १ काे पाेख्राखर्क, कुस्निमारे, राजिमे लगायतका स्थान राजमाेले जन भेटघाट गरेको हो ।

राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बामपंथी नेता सागर केसी, जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव बाबुराम पन्थी, जिल्ला सदस्य मेघराज खनाल, भूमिकास्थान नगर समिति उपाध्यक्ष कविराम खनाल लगायतले राजमोको कार्यदिशा ,पार्टीले खेलेको भुमिका,निति ,सिद्धान्त, आगामी कार्य योजना र समसामयिक राजनिती अबस्थाका बारेमा प्रष्ट पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्