भुमिकास्थानको धनचौरमा अस्थायी प्रहरी चौकीको स्थापना

| २०७८ फागुन ५ गते १६: २३ मा प्रकाशित

भुमिकास्थान। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ धनचौरमा अस्थायी प्रहरी चौकीको स्थापना भएको छ। 

आज मिति २०७८ साल फाल्गुन ५ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको सभाध्यक्षतामा, भुमिकास्थान नगरपालिकाको प्रमुख रेशम थापाको प्रमुख आतिथ्यतामा र प्रमुख जिल्ला आधिकारी हरि प्रसाद घिमिरेको बिशिष्ट आतिथ्यतामा एक कार्यक्रमबिच अस्थायी प्रहरी चौकी धनचौर अर्घाखाँचीको प्रमुख अथिति रेशम बहादुर थापा र बिशिष्ट अतिथी हरि प्रसाद घिमिरे ज्यूबाट संयूक्त रुपमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्