भुमिकास्थान नगरपालिकामा जनमोर्चाको जित सुनिश्चित : राजमो नगर अध्यक्ष थापा

| २०७८ फागुन १४ गते २३: ४६ मा प्रकाशित

टेकराज भुसाल। राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिति अध्यक्ष टेक बहादुर थापाले आसन्न निर्वाचनमा आफुहरुको जित शुनिश्चित रहेको बताउनुभएको छ । 

गणितीय हिसाबले नभएपनि भुमिकास्थानका जनताले आफुहरुलाई गत निर्वाचनमै जिताएको स्मरण गर्दै अध्यक्ष थापाले यसपालि राजमोले निर्णायक जित हात पार्ने उद्घोष गर्नुभएको हो । अखिल नेपाल युवक संघ भुमिकास्थान-८ नुवाकोटको प्रशिक्षण भेलालाई  सम्बोधन गर्दै उहाँले राष्ट्रिय जनमोर्चानै राष्ट्रभक्त जनताको प्रीय पार्टी भएको बताउनुभएको छ ।

 अरु पार्टीले जनतामा अनेक भ्रम छरेर देश बेच्ने खेलमा लागेको आरोप लगाउदै अध्यक्ष थापाले आफुहरु जहिलेपनि देश र जनताको पक्षमा लडिरहेको जिकिर गर्नुभएको छ । कार्यक्रममा युवक संघका केन्द्रिय सचीव कुलराज खनाल,अखिल छैठौंका केन्द्रिय सल्लाहकार गोपाल प्रसाद भट्टराई,अखिल नेपाल शिक्षक संघका जिल्ला सचीव दल बहादुर के.सी. र राजमोका स्थानीय नेता ज्ञान बहादुर खत्री लगायतले मन्तव्य राख्दै युवा,विद्यार्थीलाई भ्रयाङ्ग बनाएर राष्ट्रघात गर्नेहरुका विरुद्ध सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । 

भेलाले सुन्दर पोख्रेलको अध्यक्षतामा ६१ सदस्यीय युवक संघ वार्ड समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा विवेक खत्री,सचीव अर्जुन पोख्रेल,सह-सचीव संगिता विष्ट र कोषाध्यक्षमा गिता थापा चयन हुनुभएको छ । युवक संघ जिल्ला सदस्य शुरेस आचार्यको अध्यक्षता,मान बहादुर सुनारको स्वागत मन्तव्य र    सुवास हआचार्यको सन्चालनमा कार्यक्रम  सम्पन्न  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्