मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय परिषद सदस्य बैजाली लाई पित्री शोक

| २०७८ फागुन २२ गते १६: ३० मा प्रकाशित

अर्घाखाँची।मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय परिषद सदस्य तथा रक्तिमका कलाकार कृष्ण बैजालिलाइ पित्री शोक परेको छ बैजालिका बुवा गुनबहादुर बैजालिको आइतबार बिहान  ८ बजे ७१ वर्षको उमेरमा आफ्नै निवास भुमिकास्थान नगरपालिका वार्ड न १ साम्नेगाउँ अर्घाखाँचीमा निधन भएको थियो ।

स्वर्गीय बैजालिको आइतबार नै स्थानीय साम्नेखोलाको ददेरी घाटमा राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगरपालिका वार्ड न १ का उपाध्यक्ष खुविराम खनालले पार्टिको झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सचीव सुर्यनारायण खनाल प्रगतिशील पत्रकारसँघ नेपालका माधव खनाल  अखिल नेपाल जनजाति सम्मेलनका चन्द्रपाल गमाल नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार कासिराम गमाल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय गुनबहादुर बैजालिका दुई छोरा मध्ये जेष्ठ छोराको गत बर्ष असामयीक निधन भएको थियो भने बैजालिका हाल  श्रीमति एक छोरा दुई बुहारी छोरीज्वाइँ र नातिनातिना हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्