पिपलनेटामा आयोजित दोस्रो खुल्ला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेल सम्पन्न : भोलि सेमीफाइनल र फाइनल खेल हुने

| २०७८ चैत ४ गते २१: ०० मा प्रकाशित

भुमिकास्थान। पिपलनेटा बजार बिकास सस्था द्वारा आयोजित दोस्रो खुल्ला भलिबल प्रतियोगिताको दोस्रो दिन आज शुक्रबार भएको पहिलो  खेलमा अर्घाखाँची बुलेटिनको टिमले बुधनमारा बि टिमलाई पहिलो सेटमा १८ अङ्कको अन्तरमा पराजित गरेको थियो भने दोस्रो सेटमा पनि बुलेटिनले बुधनमारा बि टिमलाई १० अङ्कको सेटमाजित हासिल गर्दै सेमि फाइनलमा प्रवेश गरेको छ ।

अर्घाखाँची बुलेटिन टिम 

दोस्रो दिनको दोस्रो खेलमा  सन्धिखर्क नगरपालिका वार्ड न ११ र असुरकोट संजाल बिच भएको खेलको पहिलो सेटमा  सन्धिखर्क नगरपालिकाले असुरकोट संजाल लाई ११ अङ्कको अंतरमा जित निकाल्दै दोस्रो सेटमा पनि सन्धिखर्क ११ ले असुरकोट संजाल लाई ७ अङ्कको अन्तरमा जित निकाल्दै सन्धिखर्क ११ सेमि फाइनलमा प्रवेश गरेको छ भने असुरकोट संजाल खेलबाट बाहिरिएको छ ।
 
यस्तै तेस्रो खेल प्रगति प्रगतिशील युवा क्लब धारापानी र आयोजक सि टिमबिच भएको खेलमा प्रगतिशील युवा क्लबले आयोजक सि टिमलाई १६ अङ्कको अन्तरमा पहिलो सेटमा जित निकालेको थियो भने दोस्रो सेटमा पनि प्रगतिशील युवा क्लब धारापानीले आयोजक सि टिमलाई पाँच अङ्कको अन्तरमा जित निकाल्दै प्रगतिशील युवा क्लब धारापानी सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक सि टिम प्रतियोगिता बाट बाहिरिएको छ ।
 
दोस्रो दिनको चौथो तथा अन्तिम खेलमा आयोजक ए टिमले फलाम खिल्जी युवा क्लब लाई पहिलो सेटमा १ नम्बरको अन्तरले जित निकालेको थियो भने दोस्रो सेटमा फलामखिल्जी युवा क्लबले आयोजक ए टिमलाई ९ नम्बरको अन्तरमा जित निकालेको थियो भने तेस्रो सेटमा आयोजक ए टिमले फलाम खिल्जी युवा क्लब लाई दुई नम्बरको अन्तरमा जित निकाल्दै आयोजक ए टिम सेमिफाइनलमा प्रवेश गरेको छ भने फलाम खिल्जी युवा क्लब प्रतियोगिताबाट बाहिरिएको छ भने आयोजक ए टिम सेमि फाइनलमा प्रवेश गरेको छ ।

भोलि प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पहिलो खेल  ऎरावती प्युठानको टिम र आयोजक बि टिम बिच खेल हुनेछ र यो टिमको खेल सकिएपछि सेमिफाइनल खेल हुने आयोजकले बताएको छ  ।

प्रतिक्रिया दिनुहोस्