नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) भुमिकास्थान नगरकमिटीको आयोजनामा नगरस्तरिय राजनैतिक एवंम बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

| २०७८ चैत ९ गते २०: ४३ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) भुमिकास्थान  नगरकमिटीको आयोजनामा नगरस्तरिय राजनैतिक एबम बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
 
नेकपा (माओबादी केन्द्र) का केन्द्रिय  सदस्य तथा प्रदेश समन्वय बिषेश इन्चार्ज  डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न  प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली , केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक , लुम्बिनी प्रदेश  कार्यलय सदस्य छम कुमारी खनाल , प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, प्रदेश सदस्य तथा  नगर इन्चार्ज ठाकुर सौराग प्रदेश सदस्य  कृष्ण सारु, राधा नेपाली ,प्रदेश समन्वय समिति सदस्य राजेन्द्र राना, श्रीधर खनाल ,  जिल्ला समन्वय समिति सदस्य भेष बहादुर केसी एकीकृत अखिल नेपाल शिक्षक सङगठनका केन्द्रिय सदस्य शुभाष बन्जाडे जिल्ला उपाध्यक्ष रुद्र खनाल जिल्ला सल्लाहकार सदस्य तथा वडा न.३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडे  जिल्ला सल्लाहकार सदस्य हरु गोपाल खनाल, सालिकराम खनाल इस्वरी खनाल , खेलकुद महासंघ का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रेम आले , सन्धिखर्क नगरकमिटी सदस्य शरोज पौडेल  महिला नेतृ सर्मिला पोख्रेल  सहिद परिवार मैना घर्ती कुमारी नेपाली वाइसीएल लुम्बिनी प्रदेश सदस्य छन्द बहादुर बिक प्रेस सेन्टरका केन्द्रिय सदस्य अशोक खनाल  नगरकमिटीका पदाधिकारी तथा सदस्य वडा कमिटीका  अध्यक्ष तथा सचीव हरुको उपस्थित रहेको  कार्यक्रम मा वडा न. ३ निवासी गणेश भाट लाई सम्मान गरिएको थियो ।
 
प्रशिक्षण कार्यक्रममा  वडा न.१ देखी वडा न.१० सम्मका   वडा अध्यक्ष हरुले आ आफ्नो वडाको रिपोर्ट प्रस्तुत गरेका थिए ।कार्यक्रम मा प्रमुख अतिथि केन्द्रिय सदस्य तथा प्रदेश समन्वय बिषेश इन्चार्ज  डिलाराम आचार्य केन्द्रिय सदस्य शुशिला श्रीपाली , केन्द्रिय सदस्य ठाकुर कुमार बिक ले प्रशिक्षण दिनु भएको थियो ।
  नगरकमिटी अध्यक्ष नरेन्द्र मान मुखियाको अध्यक्षता  नगरकमिटी सहसचिव कुलराज बन्जाडेको  स्वागत मन्तब्य तथा नगरकमिटी सचीव चेतन खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्