भुमिकास्थान नगरपालिका मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका विभिन्न कार्य गरि सदुपयोग

| २०७८ चैत २४ गते २३: ०० मा प्रकाशित

गुरुदेब खनाल ,भुमिकास्थान। भुमिकास्थान नगरपालिका मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका विभिन्न कार्य गरि सदुपयोग गरिएको छ ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर:- ३ को राइखान्नेमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भएको काम हो । योजनमा गोरेटो बाटो निर्माण भएतापनि स्थानिय बासिन्दाहरुको माग अनुसार ३.२० मि चौडाइ भएको फराकिलो बाटो निर्माण सङ्गै बाटोको छेउमा पर्खाल निर्माण कार्य भएको छ। स्थानीय बासिन्दाहरुले कामको मुल्यांकन गरि उक्त बाटोमा काम गर्ने मजदुरहरुलाई  दैनिक रुपमा खाजाको व्यवस्था गरिदिएर सहयोग गर्नु भएको छ ।

त्यसैगरी वार्ड नम्बर:- ९,धन्चौर  देखि मसिना लेकसम्म जाने जङ्गलको यात्रा गर्न एकदमै कठिन भएकोले सहज तरिकाले यात्रा गर्नका निम्ति पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ । यस कार्यप्रति स्थानीय बासिन्दाहरु हर्षित भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्