ज्योति लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखा द्वारा १ लाख १५ हजार ९ सय रुपैयाँ बीमा दाबी रकम भुक्तानी

| २०७९ बैशाख ५ गते १७: १७ मा प्रकाशित

अर्घाखाँची। ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड ले बीमितका परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले भुमिकास्थान  नगरपालिका वडा नं.३ शिख्र  बस्ने बीमित डिल बहादुर घर्तिकि श्रीमति गिता घर्तिलाइ १ लाख १५ हजार ९ सय १६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरियको हो । बिमित डिल बहादुर घर्तीको जन्डिस को कारणले मृत्यु भएको थियो । साथै छोरी नभिना घर्ती लाई १३ बर्ष सम्म महिनाको १ हजार रुपैया पढाइ खर्च बापत रकम उपलब्ध हुने समेत जानकारी सहित अर्घाखाँची शाखाका शाखा प्रमुख कृष्ण प्रसाद खनालले चेक  हस्तान्तरण गर्नु भएको थियो ।

२५ वटा घातक रोगको उपचार खर्च दिने नेपाल को एक मात्र जीवन बिमा कम्पनी ज्योती लाइफ रहेकोले ढुक्क भयर ज्योती लाइफ इन्स्योरेन्स मा नै बिमा गर्न्नु गराउनु  हुन समेत अनुरोध गर्न्नु भएको थियो। उक्त कार्यक्रम मा कम्पनिका एजेन्सी म्यानेजर माया खनाल शिव बन्जाडे एजेन्सी बुद्धि बहादुर खत्री पशुपती बन्जाडे र  सीता खड्का को समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्