भूमिकास्थानको मेयरमा राजमोका झबिलाल थापा, उपमेयरमा माओबादी केन्द्रका बन्जाडे

| २०७९ जेठ ३ गते १७: ४९ मा प्रकाशित

भुमिकास्थान। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण बन्जाडे  निर्वाचित हुनुभएको छ ।

२०७८ जेठ ३ गते साँझ मतगणना समाप्त हुँदा थापा गठबन्धनको प्यानलबाट विजयी हुनुभएको हो ।

थापाले ८,३२४ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दीले भन्दा ८०० मत बढी प्राप्त गरेर विजय हासिल गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रेशम थापाले ७,५२४ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्