भुमिकास्थान १ का वार्ड अध्यक्ष गोपालप्रसाद खनालद्वारा जन्मदिनको अवसरमा २५ सार्वजनिक ठाउँमा ग्रील सहितको बस्ने बेन्च उपलब्ध

| २०७९ जेठ १७ गते २०: ०० मा प्रकाशित

सिद्धार्थ सागर के.सि.सन्धिखर्क। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड् न १ ढाकावाङ्गका नव निर्वाचित वार्ड अध्यक्ष गोपालप्रसाद खनालले आफ्नो जन्मदिनको अवसर पारी आज जेष्ठ १६ गते अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न ढाकावाङ्गका २५ सार्वजनिक ठाउँमा ग्रील सहितको बस्ने बेन्च  उपलब्ध गराउनु भएको छ । 

भुमिकास्थान नगरपालिका वार्ड न १ का बिभन्न ठाउमा पिपलनेटा ,कालिमाटी साम्नेगाउँ,राजिमे ,छेडापोखरी ,मगर साम्नेगाउँ ,गहते ,कोलाचौपारी ,पुलबारी ,ओखटे ,माझापोखरा,ठुलाखोला,ढाकावाङ्ग प्रहरी चौकी ,खड्काथाना मन्दिर लगायतका  ठाउँमा यी बेन्चहरु उपलब्ध गराउनु भयकाे हाे अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ साविक ढाकावाङ्ग ९ ठुलापोखरामा स्वर्गीय  बुवा ज्ञानप्रसाद खनाल  र आमा उमकला खनालका पाँच भाइ छोरा मध्ये  काइला  छोरा खनाल २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा  निर्वाचित हुनुभएको थियो ।

खनालले सार्वजनिक ठाउँमा बेन्च उपलब्ध गराउदै भने जन्मदिनको अवसरमा एस वडा भित्र रहेका सार्वजनिक ठाउँमा यी बेन्चको आवश्यकता रहेको र त्यही अनुरुप आज आफुले यस्तो कार्य गरेको बताए।खनाल युवाहरूको प्रिय पात्र तथा एक असल समाजसेवीको रूपमा पनि आफुलाइ स्थापित गरेका छन ।

प्रतिक्रिया दिनुहोस्