भुमिकास्थान २ को स्वास्थ्य सिविरमा वार्ड बासीहरुलाइ वार्ड अध्यक्ष खनाल द्वारा नि:शुल्क सवारी साधनको ब्यबस्था

| २०७९ जेठ २१ गते २०: ५५ मा प्रकाशित

माधव खनाल। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ का वार्ड अध्यक्ष गोपालप्रसाद खनालले भुमिकास्थान नगरपालिका वार्ड २ निवासी स्वर्गीय बुवा बालानन्द खनालको स्मृतिमा छोरा पाण्डव खनालको संयोजकत्व भुमिकास्थान नगरपालिका वार्ड न २ र भुमे मन्दिरमा २०७८ जेष्ठ २० गतेदेखि संचालित निशुल्क स्वास्थ्य सिबिरको लागि वार्ड न १ निवासी सम्पुर्ण आमाबुबा दाजुभाइ दिदीबहिनीको लागि भोलि अर्थात जेष्ठ २२ गतेको लागि आफ्नो ब्याक्तिगत लगानीमा निशुल्क गाडिको ब्यबस्थापन गराइएको जानकारी गराएका छन ।

२०७९/१/३० गते सप्पन्न स्थानीय तहको निर्वाचनमा भुमिकास्थान नगरपालिका वार्ड १ ढाकावाङ्गबाट काङ्ग्रेस र माओबादी केन्द्रको गठबन्धन बाट निर्वाचित वार्ड अध्यक्ष खनाल जनताको लोकप्रिय युवा नेताको रूपमा परिचित खनालले वार्ड बासी आमा बुवा हरुलाइ यसरी सम्बोधन गर्दै भनेका छन 


वडा बाशि जनताको सुबिधाको  लागि 


सम्पुर्ण मेरा वडाबाशि बुबा आमा दाजुभाइ दिदि बहिनि भाउजु नानि बाबुहरुमा र शाथिभाइ इस्टमित्रहरुमा मेरो सम्पुर्ण मा नमस्कार , जय नेपाल  तपाइहरुलाइ केहि रोग लागि बिरामि पर्नु भयको छ भने हाम्रो सुन्दर नगरि भुमेकाथाना मन्दिर भु न पा 2 मा  धेरै अनुभबि डाक्टरहरु आउनु भएको छ कहि कतै नछुटिकन तेहा गैइ परामर्श र उपचार गरेर आउनुहोस घरै आएको शुबिधालाइ नछोड्नु होला र कुनै कारण बस तपाइ तेहा उपचार गर्न जान गाडिको शुबिधाबाट बन्चित हुनुहुन्छ भने मेरो  वडाबाशि  सबैलाइ तपाइहरु कति हुनुहुन्छ एहि शुचनालाइ आधारमानेर तपाइहरुको टोलटोलमा सबैलाइ खबर गरि तेहा कति जना हुनुहुन्छ गाडिलाइ खबर गर्नुहोला सिबिर चलेको ठाउ बुमिकाथाना ल्याउने र घर सम्म छोड्ने काम म  मेरो ब्याग्तिगत तर्फबाट 2079: 2 , 22 भोलिको दिन गाडिको  शुबिधा वडाबाशिलाइ दिन चाहान्छु निस्सुल्क लिन बाट नछुट्नु हुन मेरो अनुरोद छ यदि सम्पर्क गर्नको लागि मेरो मुवाइल न ९८५७०६१०५७ गाडि र गाडी धनि प्रकाश्  खनाल९८५७०६३२६२ लाई  सम्पर्क गर्नु होला 
                         वडा अध्यक्ष  गोपाल प्रसाद खनाल  
                            भु न पा १  अर्घाखाँची 
                                         जय नेपाल

प्रतिक्रिया दिनुहोस्