भुमिकास्थान नगरपालिकाले गर्‍यो ८६ करोड ३६ लाख ६९ हजारको नीति तथा बजेट सार्बजनिक

| २०७९ असार १४ गते १९: १२ मा प्रकाशित

अशोक खनाल ।भुमिकास्थान नगरपालिका अर्घाखाँचीले आब. २०७९/०८० का लागी ८६ करोड ३६ लाख ६९ हजारको नीति तथा बजेट सार्बजनिक गरेको छ।मंगलबार नगरले पत्रकार सम्मेलनको आयोजना गरि ११ औं नगरसभा बाट पारित उक्त निति तथा  बजेट नगरप्रमुख झबिलाल थापाले सार्बजनिक गरेका हुन।

सार्बजनिक बजेटमा स्वास्थ , शिक्षा , कृषि , पर्यटन पुर्बाधार बिकास  लाई मुख्य प्राथमिकतामा  राख्नुका साथै  प्रस्ताबित बजेटमा बिध्यालयसग नगरपालिका , गर्भबति महिलाहरुको घुम्टिसेवा सिबिर आल्टासाउन्ड सेवा,शुरक्षित मातृत्व सेवा, जेष्ठनागरिक हेरचाह घरदैलो , धार्मिक तथा पर्यटक क्षेत्रको बिकास,मकै पकेट , मकै मिसन पकेट ,पशुपालन तर्फ बाख्रा पकेट , अदुवा बेसार  पकेट कागती तथा किबि  बगैंचा स्थापना रिचार्ड पोखरी निर्माणको अबधारणा साहायकबाटा हरुको स्तरउन्नति जस्ता महत्त्वपूर्ण बिषय लाई नीति तथा बजेटमा समाबेस गरिएको छ् ।
  
नगरप्रमुख झबिलाल थापाको अध्यक्षता मा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख बालकृष्ण बन्जाडे , प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री , योजना अधिकृत हरिषचन्द्र भुसाल ,नगरस्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु , वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेमनारायण आचार्य तथा जिल्ला स्थित संचारकर्मी हरुको उपस्थित रहेको कार्यक्रमको संचालन शेषकान्त घिमिरे ओसनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्